डीजोका ४ वटा प्रमुख उत्पादनहरु नेपाली बजारमा, के के छन् ?
काठमाडौं । रियलमी टेक लाइफ इकोसिस्टम डीजोको पहिलो ब्रान्ड नेपालमा उपलब्ध भएको छ । डिजोले रियलमी इकोसिस्टम र पशुपति ट्रेड लिंक अन्तर्गतको पहिलो ब्रान्डको रूपमा नेपालको एकमात्र वितरक घोषणा गर्दै ४ वटा प्रमुख उत्पादनहरु नेपाली बजारमा ल्याएको हो ।
डीजोको स्मार्ट इन्टरटेन्मेन्ट, स्मार्ट होम, स्मार्ट केयर र एक्सेसरिजहरु छन् । डीजो रियलमी सपोर्टका साथ ३ वटा प्रमुख एस्पेक्टमा आउने कम्पनीले जनाएको छ । जुन औद्योगिक डिजाइन, सपोर्ट चेन र एआईओेटी एक्सपेरियन्ससँग जोडिएको छ ।
कम्पनीले डीजो ब्रान्ड फीचर फोनको मोडल स्टार ३०० पनि लन्च गरेको छ । जसको डिजाइनमा प्रिमियम १.७७ इन्चको स्क्रिन डिस्प्ले, २५५० एमएएचको ब्याट्री जुन डुअल माइक्रो सिम सपोर्टका साथ उपलब्ध रहेको कम्पनीले जनाएको छ ।
अर्को मोडल स्टार ५०० प्रिमियम डिजाइन २.८ इन्चको बिग स्क्रिन डिस्प्ले, १९०० एमएएचको ब्याट्रीको साथ उपलब्ध छ जसले दुई वटा सिमलाई सपोर्ट गर्दछ । एआईओटी गोपड्सका साथसाथै गो पड्स डी र स्मार्ट घडी जसले दुवै एन्ड्रोइड र आईओएसलाई सपोर्ट गर्ने कम्पनीले जनाएको छ ।
डीजो स्टार ३०० को मूल्य २ हजार ७८, डीजो स्टार ५०० को मूल्य २ हजार ८७८, गो पड्सको मूल्य ६ हजार ६९, गो पड्स डीको मूल्य २ हजार ८९९ र स्मार्ट घडीको मूल्य ६ हजार ४६४ रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्पदंशबाट कैलालीमा २९ वर्षीय युवकको मृत्यु
-
अविरल वर्षापछि लालबकैया नदीमा बाढीको जोखिम
-
खुकुरीसहित आक्रमणको प्रयास गर्ने ४ युवक पक्राउ
-
साउनभित्र उपत्यकामा डिडिसीका ३० ‘आउटलेट’ सञ्चालमा आउँदै
-
१२ बजे १२ समाचार: प्रचण्डबाट आङ्बोलाई फेरि धोखा, फैसला कार्यन्वयमा श्रम मन्त्रालयको आनाकानी
-
डा. केसी र सरकारी टोलीबिचको वार्ता निष्कर्षविहीन, भोलि पुनः वार्ता हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण