नेपाली बजारमा भित्रियो फ्रान्सेली प्रिमियम एसयूभी कार ‘सिट्रोन’
नेपाली बजारमा फ्रान्सेली प्रिमियम अटो ब्राण्ड सिट्रोन भित्रिएको छ । विश्वप्रसिद्ध ब्राण्ड समेत रहेको सिट्रोनलाई पहिलो पटक गोल्छा अर्गनाइजेशन अन्तर्गतको साङ्ग्रिला मोटर्स प्रालिले नेपाली बजारमा भित्र्याएको हो । पहिलो पटक सिट्रोनको नविनतम उत्पादन ‘सी–फाइभ एयरक्रस एसयूभी’ बजारमा भित्रिएको छ भने कम्पनीले हालैमात्र ब्राण्डको व्यवसायिक औपचारिकता शुरु गरेको छ । आइतबार एक समारोहको आयोजना गर्दै कम्पनीले थापाथलीस्थित सिट्रोनको नयाँ शोरुमसँगै गाडी सार्वजनिक गरेको हो ।
१.६ (१६००) सीसी पेट्रोल इन्जिनमा उपलब्ध सी–फाइभ प्रिमियम सेग्मेन्टमा उत्कृष्ट र सुरक्षित एसयूभी रहेको कम्पनीले जनाएको छ । आकर्षक र बोल्ड लुक्सले गाडीको सुन्दरता झल्काएको छ भने लग्जरियस र सेफ्टी फिचर्सले जो कोही अटो प्रयोगकर्ताहरूको मन जित्ने कम्पनीको जनाएको छ । जुन अन्य ब्राण्डहरुसँग प्रतिस्पर्धा गर्न समेत कुनै सकस नपर्ने कम्पनीका सहायक निर्देशक राकेश श्रेष्ठले बताएका छन् ।

हालका लागि सी–फाइभ एयरक्रस एसयूभी एउटा मात्र मोडल भित्र्याएको कम्पनीले निकट भविष्यमा नै अन्य इन्ट्रिलेभल तथा मिडियम क्लासका कारहरूसमेत भित्र्याउने जनाएको छ । प्रारम्भमा सिट्रोन सी–फाइभ एयरक्रसको बजार मूल्य कम्पनीले एक करोड ३५ लाख तोकेको छ ।
प्रमुख विशेषता :
कार : सिट्रोन सी–फाइभ एयरक्रस
विशेषता : प्रिमियम एसयूभी
इन्जिन : १.६ पेट्रोल इन्जिन
ट्रान्समिसन : ६ गेयर, अटोमेटिक
ग्राउण्ड क्लियरेन्स : २३० एमएम
मूल्य : १ करोड ३५ लाख
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्पदंशबाट कैलालीमा २९ वर्षीय युवकको मृत्यु
-
अविरल वर्षापछि लालबकैया नदीमा बाढीको जोखिम
-
खुकुरीसहित आक्रमणको प्रयास गर्ने ४ युवक पक्राउ
-
साउनभित्र उपत्यकामा डिडिसीका ३० ‘आउटलेट’ सञ्चालमा आउँदै
-
१२ बजे १२ समाचार: प्रचण्डबाट आङ्बोलाई फेरि धोखा, फैसला कार्यन्वयमा श्रम मन्त्रालयको आनाकानी
-
डा. केसी र सरकारी टोलीबिचको वार्ता निष्कर्षविहीन, भोलि पुनः वार्ता हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण