गण्डकीमा १६३ जनामा कोरोना संक्रमण पुष्टि, थप ३ जनाको मृत्यु
गण्डकी प्रदेशमा थप १६३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा ९३१ जनाको नमुना परिक्षण गरिएकामा १६३ जनामा संक्रमण देखिएको हो । संक्रमित मध्ये ८७ महिला र ७६ जना पुरुष रहेका छन् ।
प्रदेशका ५ जिल्लामा गरिएको नमूना परीक्षणमा सबैभन्दा धेरै संक्रमित कास्कीमा भेटिएको प्रदेश स्वास्थ्य आपतकालिन कार्य संचालन केन्द्रका संयोजक नवराज शर्माले जनाकारी दिए ।
उनका अनुसार कास्की ८८, स्याङ्जा २४,म्याग्दी ३,पर्वत १, गोरखा ९, लमजुङ २६, तनहुँ ७ र नवलपरासी पूर्वमा जनामा संक्रमण देखिएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ८४ हजार ९२४ पुगेको छ । बिहीबार प्रदेशका ११ जिल्ला मध्ये ८ वटा जिल्लामा कोरोना संक्रमण देखिएको छ भने ३ वटा जिल्लामा संक्रमितको संख्या शून्य रहेको छ ।
गण्डकीमा कोरोना संक्रमणबाट थप ३ जनाको मृत्यु भएको छ । कोरोना संक्रमणबाट मृत्यु हुनेमा पोखरा–८ का ५० वर्षीय पुरुष, तनहुँको ब्यास नगरपालिका–१० का ४९ वर्षीय पुरुष र तनहुँकै शुक्लागण्डकी नगरपालिका –११ का ५० वर्षीय पुरुष रहेका छन् । योसँगै गण्डकीमा कारोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ३५३ पुगेको छ ।
प्रदेशमा पछिल्लो २४ घण्टामा जना १६५ कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै गण्डकीमा हालसम्म संक्रमणमुक्त हुनेको संख्या ८२ हजार ३२१ पुगेको छ । त्यसैगरी गण्डकीमा सक्रिय संक्रमितको संख्या १ हजार २५० पुगेको निर्देशनालयले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘मालती मंगले’ लिएर अस्ट्रेलियामा रामकृष्ण ढकाल, एडिलेडमा दीप श्रेष्ठसँग गुञ्जिने
-
नामिबियाका जेजे स्मित चम्किँदा नेपाल १५७ रनमा समेटियो
-
नवनियुक्त उपकुलपति जोशीको योजना– यसै वर्ष गेटामा एमबीबीएस, ३०० बेडको शिक्षण अस्पताल
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण