सामसुङको ग्यालेक्सी एओ थ्रीएस बजारमा, यस्तो छ मूल्य
काठमाडौं । सामसुङले हालै नेपाली बजारमा ए सिरिज अन्तर्गत नयाँ ग्यालेक्सी एओ थ्रीएस सार्वजनिक गरेको छ । ६.५ इन्च इन्फिनिटि भी डिस्प्ले, ३ वटा क्यामरा, ५००० एमएच्को ब्याट्री, ओक्टा कोर प्रोसेसरको साथमा फोनको साइडमा भएको फिंगर प्रिन्ट सेन्सर जस्ता थुप्रै विशेषताहरुले यो फोन नेपाली बजारमा उपयुक्त फोन सावित हुने कम्पनीको दावी छ ।
२०ः९ को एस्पेक्ट रेसियोको साथ ६.५ इन्च एचडी प्लस इन्फिनिटी भी डिस्प्लेले आश्चर्यजनक दृश्यावलोकनको मनोरञ्जन प्रदान गर्ने कम्पनीको दावी छ । यसमा भएको तीनवटा क्यामराहरूको संयोजनले वास्तवमै अझै गुणस्तरीय फोटो तथा भिडियोहरू निकाल्न सकिने कम्प्नीले जनाएको छ ।
यसमा भएको १३ मेगा पिक्सेलको मुख्य क्यामराले उत्कृष्ठ फोटो खिच्न सघाउने छ साथै यो फोनमा २ मेगा पिक्सेलको माइक्रो लेन्सले अझै क्लोज अप फोटोहरूको लागि उपयुक्त हुनेछ भने २ मेगा पिक्सेलको डेप्थ क्यामराले फोटोको सौन्दर्यलाई अझै निखार्ने भएकाले युवा माझ लोकप्रिय बन्ने कम्पनीको विश्वास छ ।
ग्यालेक्सी एओ थ्री एसमा भएको ओक्टा कोर प्रोसेसरले मल्टी टास्किङ्ग गर्दा कम ब्याट्री खपत गर्न सक्दछ । यसमा भएको ५०००एमएएचको ब्याट्रीले अतिरिक्त पावर प्रदान गरी कम समयमा चार्ज हुने र अधिक समय टिकाउने सामर्थ्य राख्दछ ।
ग्यालेक्सी एओ थ्रीएसको (३जीबी, ३२ जीबी)को मूल्य १५ हजार ४९९ र (४जीबी प्लस ६४जीबी)को मूल्य १६ हजार ९९९ पर्ने कम्पनीले जनाएको छ । यो फोन विभिन्न रंगहरु (कालो, नीलो र सोतो) मा उपलब्ध रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्पदंशबाट कैलालीमा २९ वर्षीय युवकको मृत्यु
-
अविरल वर्षापछि लालबकैया नदीमा बाढीको जोखिम
-
खुकुरीसहित आक्रमणको प्रयास गर्ने ४ युवक पक्राउ
-
साउनभित्र उपत्यकामा डिडिसीका ३० ‘आउटलेट’ सञ्चालमा आउँदै
-
१२ बजे १२ समाचार: प्रचण्डबाट आङ्बोलाई फेरि धोखा, फैसला कार्यन्वयमा श्रम मन्त्रालयको आनाकानी
-
डा. केसी र सरकारी टोलीबिचको वार्ता निष्कर्षविहीन, भोलि पुनः वार्ता हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण