‘अल न्यू हेक्टर शाइन २०२१ एसयूभी’को बुकिङ्ग खुला
काठमाडौं । एमजी मोटर्स नेपालको आधिकारिक वितरक प्यारा माउन्ट मोटर्स प्राइभेट लिमिटेडले ‘हेक्टर २०२१ शाइन’ भेरियन्टको बुकिङ्ग औपचारिक रुपमा शुरू गरेको छ ।
भारतीय बजारमा लञ्च भएपछि यसले बजारमा राम्रो प्रतिक्रिया पाइरहेको छ । अब हेक्टर नेपाली बजारमा भित्रिन तयार भएको छ । यो गाडी हेक्टर १.५ लिटर टर्बो चार्ज्ड इन्टरकूल इन्जिनको साथ आउँदैछ । यो दुबै एमटी र सीवीटी भेरियन्टमा उपलब्ध रहने कम्पनीले जनाएको छ ।
यो विकसित एसयूभी अल–न्यू बोल्ड फ्रन्ट क्रोम ग्रिल, एलईडी हेडल्याम्प, स्टाइलिश आर १७ सिल्वर एलोइ, इलेक्ट्रिक सनरूफ, पुश बटन स्टार्ट, इलेक्ट्रिक पार्किङ्ग ब्रेक र अन्य थुप्रै सुविधाहरुका साथ उपलब्ध हुनेछ जसले यसको शैली र कार्यक्षमतालाई एक शक्तिशाली रूप दिने कम्पनीले जनाएको छ ।
यो २६.४ सेन्टिमिटरको एचडी टचस्क्रिन एभीएन प्रणालीको साथ आउँदैछ । एमजी हेक्टर एक विकसित एसयूवी कार हो जसले आफ्नो क्षेत्रमा नयाँ बेञ्चमार्क स्थापित गरेको छ ।
यो गाडी २५+ सुरक्षाका सुविधाहरुका साथ इलेक्ट्रोनिक स्टाबिलिटी प्रोग्राम, ट्याक्सन कन्ट्रोल, हिल होल्ड कन्ट्रोल, रियर वाइपर र वाशर, रियर डिफोगर, फ्रन्ट फग ल्याम्प र गति चेतावनी एलर्ट सहित उपलब्ध रहेको छ ।
यो गाडी हभाना ग्रे, क्यान्डी व्हाइट, स्टारी ब्ल्याक र अरोरा सिल्वर जस्ता विभिन्न सेड्सहरुमा उपलब्ध हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्पदंशबाट कैलालीमा २९ वर्षीय युवकको मृत्यु
-
अविरल वर्षापछि लालबकैया नदीमा बाढीको जोखिम
-
खुकुरीसहित आक्रमणको प्रयास गर्ने ४ युवक पक्राउ
-
साउनभित्र उपत्यकामा डिडिसीका ३० ‘आउटलेट’ सञ्चालमा आउँदै
-
१२ बजे १२ समाचार: प्रचण्डबाट आङ्बोलाई फेरि धोखा, फैसला कार्यन्वयमा श्रम मन्त्रालयको आनाकानी
-
डा. केसी र सरकारी टोलीबिचको वार्ता निष्कर्षविहीन, भोलि पुनः वार्ता हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण