च्याम्पियन्स लिग : बार्सिलोनाको अहिलेसम्मकै खराब सुरुवात, बायर्नको गोल वर्षा
बेनफिकासँग पराजित हुँदै बार्सिलोनाले च्याम्पियन्स लिगमा हालसम्मकै सबैभन्दा खराब सुरुवात गरेको छ । पहिलो खेलमा बायर्न म्युनिखसँग ३–० गोलले पराजित भएको बार्सिलोना दोस्रो खेलमा पनि सोही गोलअन्तरले बेनफिकासँग पराजित भएको हो । पराजयसँगै बार्सिलोना अङ्कविहीन रहँदै समूह ई को पुछारमा सीमित बनेको छ ।
डार्विन नुनेजले खेलको तेस्रो मिनेटमा नै बेनफिकालाई अग्रता दिलाएका थिए । दोस्रो हाफमा राफा सिल्भाले अग्रता दोब्बर बनाए भने नुनेजले पेनाल्टीमार्फत व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई सहज जित दिलाए । यता बार्सिलोना भने सन् २००३–०४ सिजनपछि पहिलोपटक प्रतियोगिताको नकआउट चरणमा नपुग्ने खतरा बढेको छ ।

उता, समूहकै अर्को खेलमा बार्यन म्युनिखले डाइनाभो किएभलाई ५–० गोलको विशाल अन्तरले पराजित गरेको छ । बायर्नको जीतमा रोबार्ट लेवान्डोस्कीले दुई गोल गरे । पछिल्ला १०० खेलमा बायर्नका लागि उनले ११९ गोल गर्न सफल भएका छन् । च्याम्पियन्स लिगका पछिल्ला ६ वटा खेलमा उनले गोल गरेका छन् ।
बायर्नको जीतमा अन्य गोल सर्जी ग्नाब्री, लेरोय साने र एरिक म्याक्सिम चुपो मोटिङले गरे । बायर्नले समूह ईको दुई खेलमा ८ गोल गरिसकेका छन् । बायर्न ६ अङ्कसहित समूहको शीर्ष स्थानमा रहेको छ । दोस्रो स्थानमा बेनफिकाको ४ अङ्क रहेको छ । डाइनामो किएभको १ अङ्क छ भने बार्सिलोनाको शून्य अङ्क रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण