दसैँ अगाडि सबै हल चल्छ : अध्यक्ष दाहाल
काठमाडौं । चलचित्र बिकास बोर्डका अध्यक्ष दयाराम दाहालले दसैँ अगाडि नै देशभरका हल खुल्ने बताएका छन् । उनले दसैँ अगाडि सबै हल खोल्ने र फिल्म रिलिजको लागि ब्यवस्था समेत भएको जानकारी दिए ।
शनिबार नेपाल चलचित्र कलाकार संघको सम्पन्न १८ औं साधारण सभामा बोल्ने क्रममा बोर्ड अध्यक्ष दाहालले मरणोपरान्त विशिष्ट श्रेणीका कलाकारहरुलाई सरकारले सम्मान गर्ने, विशिष्ट श्रेणीका कलाकारहरुको लागि स्वास्थ्य बीमाको व्यवस्था गर्ने, युवा चलचित्रकर्मीहरुलाई अन्तर्राष्ट्रिय संस्थाहरूसँगको समन्वयमा आयोजित कार्यशालाहरूमा सहभागी गराउने, क्षेत्रीय स्तरमा चलचित्र महोत्सवहरुको नियमित आयोजना गर्ने, बोर्डमा चलचित्र क्षेत्रको चुस्त–दुरुस्त आधिकारिक अभिलेखलाई डिजिटल प्रविधिमा राख्ने लगायतका कामहरुको पहल भईरहेको र यी मध्ये कतिपय काम अन्तिम चरणमा पुगेको जानकारी गराए ।
कार्यक्रममा संघका अध्यक्ष रविन्द्र खड्काले आफ्नो कार्यकालमा भएको कलाकार संघका गतिविधि र कार्य प्रगतिबारे जानकारी दिएका थिए । कार्यक्रममा बरिष्ठ कलाकार वसुन्धरा भुसाल, मदन दास श्रेष्ठ लगायतले कलाकारको देहावसान हुँदा समेत श्रद्धाञ्जली दिन नआउने कलाकर्मीहरुप्रति असन्तुष्टि व्यक्त गरिन् ।
संघका उपाध्यक्ष तथा प्रवक्ता मोहन निरौलाले कार्यक्रम सञ्चालन गर्ने क्रममा कोभिड १९ का कारण कार्यक्रम निर्धारित मितिभन्दा कही ढिलो हुन गएको जानकारी दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण