पोखरा महानगरको कार्यवाहक प्रमुखको जिम्मेवारी उपप्रमुख गुरुङलाई
पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसी लामो समयपछि सोमबार कार्यालय आएका छन् । गत साउन १ गते मस्तिष्कघात भएपछि उपचारका लागि काठमाडौं लगिएका उनी लामो समयको उपचारपछि शनिबार पोखरा फर्किएका हुन् । सोमबार कार्यालय पुगेर प्रमुख जिसीले उपप्रमुख मञ्जुदेवी गुरुङलाई कार्यवाहक प्रमुखको जिम्मेवारी दिएका छन् । जिसीले कार्यालय नआउँदासम्म कार्यवाहक प्रमुख भई दैनिक कार्य सञ्चालन गर्ने गरी लिखित रुपमा कार्यवाहक प्रमुखको जिम्मेवारी उपप्रमुख गुरुङलाई दिएका हुन् ।
महानगर प्रमुख जिसी कार्यालयमा पुग्दा उपप्रमुख मञ्जुदेवी गुरुङ, प्रमुख प्रशासकीय अधिकृत महेश बराल, सचेतकद्वय शोभामोहन पौडेल, रामराज लामिछाने, प्रवक्ता धनबहादुर नेपाली, वडाअध्यक्षहरु तथा विभिन्न महाशाखा प्रमुख तथा कर्मचारीहरुले पुष्प गुच्छासहित स्वागत गरेका थिए ।
त्यसैगरी प्रमुख जिसीले नेपालीहरुको महान् पर्व दसैँ लगायत अन्य चाडपर्वको अवसरमा नगरवासी तथा सम्पूर्ण नेपालीहरुमा शुभकामना व्यक्त गरेका छन् । उनले कोरोना संक्रमणको जोखिम अझै रहेकाले स्वास्थ्यप्रति सचेत भएर चाडपर्व मनाउन नगरवासीलाई आग्रह गरेका छन् ।
‘चाडपर्वहरु अर्को वर्ष पनि आउँछन्,’ जिसीले भने, ‘स्वास्थ्यका मापदण्ड पालना गरेर चाडपर्व मनाउन आग्रह गर्दछु ।’ उनले स्वास्थ्यमा कुनै समस्या भएमा महानगरका स्वास्थ्य केन्द्र तथा अस्पतालहरुमा स्वास्थ्य जाँच गराउन आग्रहसमेत गरे ।
जिसीले आफ्नो स्वास्थ्य लाभको कामना गर्ने सबैमा आभार व्यक्त गरेका छन् । उपचारमा संलग्न चिकित्सक लगायत प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहयोग गर्ने सबैलाई उनले धन्यवाद दिएका छन् ।
साढे दुई महिनाभन्दा बढी समय कार्यालयमा अनुपस्थित रहेका जिसीले महानगरले गर्ने काम, सेवा प्रवाहलाई गुनासो नआउने गरी गर्न जनप्रतिनिधि तथा कर्मचारीलाई आग्रह गरेका छन् । आफू पूर्ण रुपमा निको भएर छिट्टै काममा फर्किने विश्वास पनि उनले व्यक्त गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिकित्सक लाइसेन्स परीक्षा : विदेशबाट अध्ययन गरी फर्किएका अधिकांश परीक्षार्थी फेल
-
अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा
-
सार्वजनिक सेवामा नागरिकको पहुँच विस्तार सरकारको प्राथमिकतामा : मन्त्री रावल
-
‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने
-
नेपाली युवा उद्यमीको विश्व सम्मेलन सिड्नीमा, एआई स्टार्टअपलाई ३५ लाख प्रोत्साहन
-
तराईका विभिन्न जिल्लामा तातो हावाकाे लहरको सम्भावना, सतर्कता अपनाउन आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण