यी हुन् शाहरुखका साथ हिट इन्ट्री मार्ने अभिनेत्री
मुम्बई –१९९२ मा प्रदर्शित चलचित्र ‘दीवाना’बाट अभिनयमा डेब्यु गरेका बलिउडका बादशाह शाहरुख खान अभिनेत्री लन्चको मावलमा पनि अगाडि छन् । उनीसँग पहिलो चलचित्रको इन्ट्री मारेका अभिनेत्रीहरु प्राय सफल देखिएका छन् ।
दिव्या भारती
शाहरुको डेब्यु चलचित्र ‘दीवाना’बाट अभिनेत्री दिव्या भारतीले पनि अभिनयमा इन्ट्री गरेकी थिइन् । छोटो समयमै बलिउडमा राम्रो उचाई उनले बनाएको पाइन्छ ।
शिल्पा सेट्टी
अभिनेत्री शिल्पा सेट्टीको पनि डेब्यु चलचित्र शाहरुखको साथ थियो । ‘बाजिगर’ चलचित्रबाट बलिउड डेब्यु गरेकी शिल्पाको यो चलचित्र सुपरहिट भएको थियो । यो बर्षकै चौँथो कमाउ चलचित्र बन्न सफल यसमा उनले सीमा नामकी केटीको भुमिका निभाएकी थिइन् ।
गायत्री जोशी
२००४ मा गायत्री जोशी पनि शाहरुखकै चलचित्रबाट बलिउड भित्रिएकी थिइन् । ‘स्वदेश’ नामक उक्त चलचित्र आशुतोष गोविक्करको ब्यानरमा निर्माण भएको थियो । सकिक्षकले पनि राम्रो रिभ्यु गरेको यो चलचित्रपछि उनले विवाह गरिन् र अभिनयाबाट टाढा रहिन् ।
प्रिटी जिन्टा
बलिउडकी डिंपलगर्ल प्रिटी जिन्टाले पनि चलचित्र अभिनयको सुरुवात शाहरुख खानकै चलचित्रबाट गरेकी हुन् । चलचित्र थियो ‘दिल से’ । १९९८ मा निर्मित यो चलचित्र हिट भयो । चलचित्रमा प्रितीको भूमिका छोटो थियो । तर, उनको करियर यो चलचित्र पछि चम्कियो ।

दीपिका पादुकोण :
बलिउडकी सबैभन्दा चर्चित अभिनेत्री दीपिका पादुकोण ‘२००७’मा निर्मित चलचित्र ‘ओम शान्ती ओम’बाट डेब्यु गरेकी हुन् । शाहरुख अभिनित यो चलचित्रमा दीपिकाले डवल भुमिका निर्बाह गरेकी थिइन् । गीत समेत सुपरहिट भएको चलचित्र अभिनय पछि दीपिकालाई पछि फर्किएर हेर्नु परेको छैन । दीपिकाको अहिले चलचित्र ‘पद्यावती’ आउँदैछ ।
अनुष्का शर्मा :
पछिल्लो समय बलिउडमा चम्किएकी अभिनेत्री अनुष्का शर्मा पनि हुन् । अनुष्काले अभिनयमा डेब्यु शाहरुको चलचित्र ‘रब ने बना दि जोडी’बाट गरेकी थिइन् । २००८ को यो चलचित्र पछि अनुष्का शाहरुखका साथ ‘जब त हे जान’मा पनि देखिएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आठौँ सेमिफाइनलमा फ्रान्स स्तब्ध: यस्तो छ विश्वकप अन्तिम चारमा फ्रान्सको उतारचढावपूर्ण इतिहास
-
स्पेनको शानदार जित, फाइनल पुग्न सकेन फ्रान्स
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण