रियलमीले बजारमा नयाँ फ्लागसिप किलर ‘जीटी नियो २’ ल्याउने
स्मार्टफोन ब्रान्ड रियलमीले फ्लागसिप किलर जीटी सिरीज अन्तर्गत रियलमी ‘जीटी नियो २’ नेपाली बजारमा ल्याउने भएको छ । कम्पनीले यहीँ कार्तिक २४ गते उक्त स्मार्टफोन सार्वजनिक गर्ने घोषणा गरेको हो । साथै यो फोन आकर्षक शुरुवाती मूल्यमा उपलब्ध हुने कम्पनीले जनाएको छ । यद्यपि, मूल्य भने अहिले नै घोषणा भएको छैन ।
जीटी सिरीज रियलमीको फ्लागसिप सिरीज अन्तर्गत पर्दछ जसमा प्रविधि प्रेमीहरुको लागि नवीन प्रविधि र आकर्षक डिजाइन विशेषताका रुपमा रहेका छन् । अधिकांश स्मार्टफोनहरुले जीटी सिरीजको फ्लागसिप को व्यापक अनुभव गराउन नसक्नेमा यस मोडलले भरपुर अनुभव दिलाउने कम्पनीको दाबी छ ।
चिनियाँ बजारमा सफल भइसकेको रियलमी जिटी नियो १० लाख युनिट भन्दा धेरै विक्री भइसकेको कम्पनीले जनाएको छ । नियो फ्लागसिप किलर जसरी प्रस्तुत गरिएको रियलमी जीटी सिरीज को रियलमी जीटी नियो २ मा क्वालकम स्नापड्रागन ८ सिरीज मोबाइल प्लाटफर्म, अभूतपूर्व कुलिङ सिस्टम, अल्ट्रा– हाइ नमुना दर र शक्तिशाली ब्याट्री लाइफ रहेको छ । जसको घोषणा सामाजिक सञ्जाल मार्फत रियलमीका को सीएमओ र चेसले गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्पदंशबाट कैलालीमा २९ वर्षीय युवकको मृत्यु
-
अविरल वर्षापछि लालबकैया नदीमा बाढीको जोखिम
-
खुकुरीसहित आक्रमणको प्रयास गर्ने ४ युवक पक्राउ
-
साउनभित्र उपत्यकामा डिडिसीका ३० ‘आउटलेट’ सञ्चालमा आउँदै
-
१२ बजे १२ समाचार: प्रचण्डबाट आङ्बोलाई फेरि धोखा, फैसला कार्यन्वयमा श्रम मन्त्रालयको आनाकानी
-
डा. केसी र सरकारी टोलीबिचको वार्ता निष्कर्षविहीन, भोलि पुनः वार्ता हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण