विवाह बन्धनमा बाँधिदै कपिल, तर प्रेमिकाले राखिन् एक शर्त !
मुम्बई । कपिल शर्मा चाँडै आफ्नो प्रेमिका गिन्नी चतरथसँग विवाहको घोषणा लागेको भारतीय मिडियाहरुले बताएका छन् ।
स्रोतका अनुसार गिन्नीका आमाबाबुले उनलाई कपिलसँगको सम्बन्ध चाँडोभन्दा चाँडो आधिकारिक बनाउन दबाब दिइरहेका छन् । उता, कपिलको आमा पनि उनीहरुको विवाह चाँडै होस् भन्ने चाहन्छिन् ।
तर, गिन्नीले भने कपिलले आफ्नो सबै काम पूरा गरेपछि मात्र विवाह गर्ने बताएको समाचारमा उल्लेख छ ।
गिन्नीको शर्त
रिपोर्टका अनुसार गिन्नी पनि कपिलसँग विवाह गर्न चाहन्छिन् । तर, उनको एउटा शर्त छ ।
उनको भनाई छ, ‘कपिलले रक्सी नछाडेसम्म विवाह गर्दिनँ ।’ ताजा रिपोर्टका अनुसार कपिलले पनि गिन्नीको यो मागलाई पूरा गरिसकेका छन् । यानी रक्सी पिउन छाडेका छन् ।
कपिलको चलचित्र फिरंगी यही महिना रिलिज हुँदैछ । अहिले उनी सबै प्रतिबद्धताबाट मुक्त छन् ।
त्यही भएर उनले चाँडै विवाहको मिति घोषणा गर्ने अनुमान लगाइएको छ ।
यसअघि सेप्टेम्बरमा कपिल र गिन्नीको ब्रेकअपको पनि खबर बाहिर आएको थियो । यद्यपि, परिवारका सदस्यहरुले उक्त खबर झुठो भएको बताउँदै आएका थिए ।
केही समयअघि मात्र दुवै सँगै शिर्डीमा देखिएको थिए । उनीहरु साईँबाबाको दर्शन गर्न पुगेका थिए ।
यही वर्षको शुरुवातमा कपिलले गिन्नीसँगको सम्बन्धको आधिकारिक घोषणा गरेका थिए । गिन्नीसँगको एउटा तस्विर सेयर गर्दै उनले लेखेका थिए, ‘मेरो पत्नीसँग भेट्नुहोस् ..... म उसलाई दीपिका (पाडुकोण) भन्दा धेरै माया गर्छु ।’
यसपछि दुवैले गुपचुप विवाह गरेको खबर फैलिएको थियो । तर, कपिलले आफूहरुले विवाह नगरेको र फ्यानहरुलाई सप्र्राइज गर्नमात्र यसो भनेको स्पष्टिकरण दिएका थिए ।
कपिलले गिन्नीलाई कलेजदेखि नै चिन्ने गरेको बताएका थिए । दुवैले कमेडी शो ‘हँस बलिए’मा सँगै काम गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आठौँ सेमिफाइनलमा फ्रान्स स्तब्ध: यस्तो छ विश्वकप अन्तिम चारमा फ्रान्सको उतारचढावपूर्ण इतिहास
-
स्पेनको शानदार जित, फाइनल पुग्न सकेन फ्रान्स
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण