‘रियल मी जिटी नियो २’ सार्वजनिक
स्मार्ट फोन ब्रान्ड रियल मीले नेपाली बजारमा फागसिप किलर ‘रियल मी जिटी नियो २’ ल्याएको छ । बुधबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै कम्पनीले उक्त स्मार्ट फोन सार्वजनिक गरेको हो ।
रियल मी जिटी नियो २, ८ जिबी ¥याम र १२८ जिबी रोम स्टोरेजका साथमा आएको छ । ५ हजार एचएएच् ब्याट्रीको पावरमा उपलब्ध फोनले हालसम्मकै पहिलो पटक रियल मी जिटी नियो २ मा ८ तहका तीन आयामको तापक्रम नियन्त्रण गर्ने क्षमता राख्ने कम्पनीको दाबी छ ।
उक्त ब्याट्रीले ६५ वाट सुपरडार्ट चार्जिङलाई सपोर्ट गर्ने हुनाले मात्र ३६ मिनेटमा फोन फुल चार्ज हुने कम्पनीले जनाएको छ । उच्च प्रविधि र क्षमताले फोनलाई किफायतीका साथै गेमिङ मैत्री समेत बनाएको कम्पनीले जनाएको छ ।
तीन भेरियन्टमा उपलब्ध रियल मी जिटीको मूल्य ५४ हजार १९९ तोकिएको र शुरूका ग्राहकहरुले तोकिएको भन्दा तीन हजार रुपैयाँ कम मूल्यमा प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्पदंशबाट कैलालीमा २९ वर्षीय युवकको मृत्यु
-
अविरल वर्षापछि लालबकैया नदीमा बाढीको जोखिम
-
खुकुरीसहित आक्रमणको प्रयास गर्ने ४ युवक पक्राउ
-
साउनभित्र उपत्यकामा डिडिसीका ३० ‘आउटलेट’ सञ्चालमा आउँदै
-
१२ बजे १२ समाचार: प्रचण्डबाट आङ्बोलाई फेरि धोखा, फैसला कार्यन्वयमा श्रम मन्त्रालयको आनाकानी
-
डा. केसी र सरकारी टोलीबिचको वार्ता निष्कर्षविहीन, भोलि पुनः वार्ता हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण