गण्डकीमा थप ४३ जनामा कोरोना संक्रमण पुष्टि

गण्डकी प्रदेशमा थप ४३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । पछिल्लो चौबिस घण्टामा ३९४ जनामा गरिएको नमूना परीक्षणमा ४३ जनामा संक्रमण देखिएको हो । संक्रमितमध्ये १५ महिला २८ पुरुष रहेका छन् ।
प्रदेशमा विभिन्न जिल्लाहरुमा गरिएको नमूना परिक्षणमा सबैभन्दा धेरै संक्रमित कास्कीमा भेटिएको प्रदेश स्वास्थ्य आपतकालिन कार्यसञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जनाकारी दिए । उनका अनुसार कास्की २४,बागलुङ ३, स्याङजा ५, म्याग्दी २, पर्वत १,तनहुँ ६ र नवलपरासी पूर्वमा २ जनामा संक्रमण देखिएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ८७ हजार ६१४ पुगेको छ ।
प्रदेशमा पछिल्लो चौबिस घण्टामा ७६ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै गण्डकीमा हालसम्म संक्रमणमुक्त हुनेको संख्या ८५ हजार ८४१ पुगेको छ भने होम आइसोलेसनमा ३११ जना रहेका छन् ।
त्यसैगरी गण्डकीमा सक्रिय संक्रमितको संख्या ३७२ पुगेको निर्देशनालयले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल–भारतबिच राजनीतिक मात्र होइन, भावनात्मक सम्बन्ध पनि छ–मुख्यमन्त्री शाह
-
माओवादी एक नम्बरतिर उकालो लाग्दैछ : प्रचण्ड
-
रिले अनसनमा ऐक्यबद्धता जनाउन पुगे नवराज सुवेदी
-
चुनावमा लड्ने र जित्ने प्रथम नेपाली महिला
-
कांग्रेस मधेस प्रदेश विभागीय प्रमुख तथा सचिवहरूलाई अभिमुखीकरण
-
हाम्रो पार्टीलाई जनमतको कमी छैन: अध्यक्ष नेपाल