एमजीले ल्यायो एसयूभी हेक्टर, मूल्य ५९ लाख ९९ हजार रुपैयाँ मात्रै
एमजी ब्रान्डले नेपाली बजारमा नयाँ एसयुभी ‘एमजी हेक्टर’ ल्याएको छ । एमजीका लागि नेपालको आधिकारिक वितरक पारामाउन्ट मोटर्सले बिहीबार एक कार्यक्रमका बीच द अल न्यु हेक्टर सार्वजनिक गरेको हो ।
तीन भेरियन्टमा उपलब्ध हेक्टरको न्यूनतम मूल्य ५९ लाख ९९ हजार रूपैयाँमै उपलब्ध गराइएको कम्पनीले जनाएको छ ।
म्यानुअल र अटोमेटिक दुबै अप्सनमा उपलब्ध हेक्टरको टप भेरियन्टको सार्प एटीको मूल्य ७८ लाख २५ हजार रुपैयाँ रहेको छ भने, ‘अन्य साइन एटी, स्पार्ट एमटी, स्मार्ट एटी र सार्व एमटीको मूल्य क्रमशः ६४ लाख ९९ हजार, ७६ लाख ९९ हजार, ७० लाख ६० हजार र ७३ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।’
१४ सय ५२ सीसीको हेक्टर २ वटा अप्सनमा उपलब्ध हुनेछ । १.५ लिटर टर्बाेचाज्ड पेट्रोल र हाईबिड इन्जिनमा उपलब्ध हुने पारामाउन्ट मोटर्सले जनाएको छ । गाडीको अधिकतम पावर ५ हजार आरपीएममा १४३ पिएस र २५० एनएम टर्क जेनेरेट गर्छ। अगाडि पछाडि डिस ब्रेक रहेको गाडीमा ६० लिटर फिउल ट्याङ्क रहेको छ ।
गाडीको लम्बाई ४६ सय ५५ एमएम, चौडाई १८ सय ३५, उचाई १७ सय ६० रहेको छ । हेक्टर २०२१ मोडलमा २६.४ सिएमको एचडी टचस्किन सिस्टम रहेको छ । हेक्टरको सेफ्टी फिचर्समा ३६० क्यामेरा, फ्रन्ट पार्किङ सेन्सर, एयर ब्याग, इएसपी, टीसीएस, हिलहोल्ड कन्ट्रोल, इलेक्ट्रिक ब्रेक, रिभर्स क्यामेरा लगाएत रहेको छ ।
हेकटर ८ वटा कलरमा उपलब्ध हुने कम्पनीले जनाएको छ । पारामाउन्ट मोटर्सले २०१८ देखि एमजीको बिक्रीवितरण सुरु गरेकोमा हाल देशका मुख्य सहरमा उपस्थित रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्पदंशबाट कैलालीमा २९ वर्षीय युवकको मृत्यु
-
अविरल वर्षापछि लालबकैया नदीमा बाढीको जोखिम
-
खुकुरीसहित आक्रमणको प्रयास गर्ने ४ युवक पक्राउ
-
साउनभित्र उपत्यकामा डिडिसीका ३० ‘आउटलेट’ सञ्चालमा आउँदै
-
१२ बजे १२ समाचार: प्रचण्डबाट आङ्बोलाई फेरि धोखा, फैसला कार्यन्वयमा श्रम मन्त्रालयको आनाकानी
-
डा. केसी र सरकारी टोलीबिचको वार्ता निष्कर्षविहीन, भोलि पुनः वार्ता हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण