नाचघरमा मञ्चन हुँदै ‘एक चिहान’
बिहीबार, ०१ पुस २०७८, १२ : २५
हृदयचन्द्र सिंह प्रधानको उपन्यास ‘एक चिहान’ रंगमञ्चमा पनि हेर्न पाइने भएको छ । यही ३ पुसबाट उपन्यासको नाट्य रुपान्तरण राष्ट्रिय नाचघरमा मञ्चन हुन लागेको हो ।
रमेश बिजीले नाटकको रुपान्तर गरेको नाटक सांस्कृतिक संस्थान राष्ट्रिय नाचघरले मन्चन गर्न लागेको हो । नाटक ३ देखि ९ पुससम्म हुनेछ । मुलत विधार्थीहरुलाई लक्षित गरेर यसपटक यो उपन्यासलाई नाटकको रुपमा मञ्चन गरिएको हो । दैनिक बिहान ८ बजे ११ बजे र दिउँसो २ बजे गरी दैनिक ३ वटा सो नाटक मञ्चन हुने नाचघरले जनाएको छ ।
नाटक ७ दिनसम्म नाचघरमा मञ्चन हुनेछ । कक्षा १२ तथा स्नातकका विधार्थीहरुका लागि सम्बन्धित स्कुल तथा कलेजले पुरा शो नै किन्न सक्ने पनि नाचघरले जनाएको छ ।
नाटक निर्देशन वीरेन्द्र हमालले गरेका छन् । नाटक मञ्चनका लागि कलाकारले अभ्यास थालिसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रत्यक्ष जलमार्गको सम्बन्धको सम्भावना खोज्दै बङ्गलादेश र माल्दिभ्स
-
सुनसरीमा संयुक्त रूपमा सुरक्षा योजना निर्माण र परिचालन गर्ने निर्णय
-
‘सेवा पुरस्कार’ मुटु रोग विशेषज्ञ डा.कोइरालालाई
-
विप्लव भन्छन्– गोली र दमनले जनता होइन सत्ता ढाल्छ
-
१० बजे १० समाचार : सुनसरीमा सामाजिक सद्भाव बनाउन सर्वपक्षीय सहमति, रास्वपाले बोलायो केन्द्रीय समिति बैठक
-
नेपालमा लगानी गर्न अर्थमन्त्री वाग्लेको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण