बुटवलबाट टीभीएसको स्पोर्टी मोटरसाइकल ‘रेडर’ सार्वजनिक
टीभीएस मोटर्सको स्पोर्टी मोटरसाइकल ‘रेडर १२५’ सार्वजनिक भएको छ । टीभीएस मोटरसाइकलका लागि नेपालको आधिकारिक वितरक जगदम्बा मोटर्सले बुटवलस्थित आफ्नो शोरुमबाट शुक्रबार उक्त मोटरसाइकल सार्वजनिक गरेको हो ।
टीभीएस रेडर १२५ सीसी यूवा लक्षित अत्याधुनिक फिचर्स सुसज्जित नयाँ मोटरसाइकल भएको कम्पनीले दाबी गरेको छ । स्पोर्टी रेडरमा एलसीडी डिजिटल स्पिडोमिटरका साथै थ्रीभी आईटच स्टार्ट, एनिमलिस्टिक एलईडी हेडल्याम्प जस्ता फस्र्ट–ईन–क्लास फिचर्सका साथै फस्र्ट–ईन–सेग्मेन्ट अन्डर सिट स्टोरेज उपलब्ध रहेको कम्पनीले जनाएको छ ।
बुटवलमा आयोजित कार्यक्रममा सप्तरंग ३ का चर्चित गायक रामकृष्ण ढकाल, अनिल सिंह, प्रमोद खरेल, बद्री पङ्गेनी, गायिका मिलन नेवार र अस्मिता अधिकारीले संयुक्त रुपमा मोटरसाइकल सार्वजनिक गरे भने, ‘सोही कार्यक्रममा हास्य कलाकार राजा राजेन्द्र पोखरेल, मिडिया व्यक्तित्व नरेश भट्टराई र निता प्रधानाङ्ग, टिक टक स्टार उषा उप्रेतीको समेत उपस्थिति रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्पदंशबाट कैलालीमा २९ वर्षीय युवकको मृत्यु
-
अविरल वर्षापछि लालबकैया नदीमा बाढीको जोखिम
-
खुकुरीसहित आक्रमणको प्रयास गर्ने ४ युवक पक्राउ
-
साउनभित्र उपत्यकामा डिडिसीका ३० ‘आउटलेट’ सञ्चालमा आउँदै
-
१२ बजे १२ समाचार: प्रचण्डबाट आङ्बोलाई फेरि धोखा, फैसला कार्यन्वयमा श्रम मन्त्रालयको आनाकानी
-
डा. केसी र सरकारी टोलीबिचको वार्ता निष्कर्षविहीन, भोलि पुनः वार्ता हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण