बेनेलीको प्रिमियम स्कुटर प्यानेरिया १२५ ईएफआई नेपाली बजारमा
नेपाली बजारमा बेनेलीले प्रिमियम स्कुटर प्यानेरिया १२५ लन्च गरेको छ । इटालीको एक आइल्यान्डको नामबाट यो स्कुटरको नाम ‘प्यानेरिया’ राखिएको हो । प्यानेरिया १२५ ईएफआई एड्भान्स्ड मोडर्न फिचरले भरिएको र क्लासिक लुकमा उपलब्ध नियो–रेट्रो कम्बिनेसनको स्कुटर हो ।
यसमा ईएफआई अर्थात इलेक्ट्रोनिक फ्युलइन्जेक्सन सहितको नोवल सिंगल सिलिन्डर एयरकुल्ड १२४ सीसीको इन्जिन छ । यो इन्जिनले ७५०० आरपीएममा ८.५ पीएसको पावर र ६००० आरपीएममा ९.२ एनएम टर्क जेनेरेट गर्ने बेनेलीले जानकारी दिएको छ ।
यो स्कुटरमा ड्युअल पिस्टन क्यालिपर सहितको ९० एमएम ट्राभल र १९० एमएम डिस्क ब्रेकिङ सिस्टम सहितको फ्रन्ट सस्पेन्सन छ भने टेलिस्कोपिक आयल ड्याम्पन्ड क्वाइल स्प्रिङ सहितको रियर सस्पेन्सन छ । यसमा १२ इन्च आल्मुनियम अलोय रिममा १००/९०–१२ र ११०/९०–१२ ट्युबलेस टायर छ ।
यो स्कुटरमा १२ इन्चको ह्विल, लेदर फिनिस्ड गरिएको आरामदायी सिट, ड्युअल पिस्टन क्यालिपर सहितको फ्रन्ट डिस्क ब्रेक, किल स्विच, हजार्ड लाइट र कम्फर्टेबल एलईडी लाइट सेटलगायतका विभिन्न प्रिमियम फिचर उपलब्ध रहेको बिक्रेता केटीएम इन्टरनेशनलले जानकारी दिएको छ ।
स्कुटरमा मुनलाइट रिफ्लेक्सन सहितको डिजिटल ड्यासबोर्ड र एनालग ओडोमिटरको कम्बिनेसन भएको ड्यासबोर्ड छ । यसमा विभिन्न जानकारी सजिलै हेर्न सकिन्छ । प्यानेरिया १२५ ईएफआई स्कुटर ह्वाइट, ब्ल्याक, ब्लु र येल्लो गरी विभिन्न चार कलरमा उपलब्ध छ । मूल्य तीन लाख ३४ हजार ९०० रुपैयाँ तोकिएको छ ।
बेनेलीले सन् १९७० पश्चात पहिलोपटक यस प्रकारको रेट्रो स्कुटर बजारमा ल्याएको हो । सन् १९११ मा इटालीको पेसारोमा टेरेसा बोनी बेनेली परिवारले यो कम्पनीको स्थापना गरेको थियो । त्यसयता सबै राइडरलाई लक्ष्यित गरी विभिन्न सेगमेन्टका मोटरसाइकल र स्कुटर कम्पनीले उपलब्ध गराइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्पदंशबाट कैलालीमा २९ वर्षीय युवकको मृत्यु
-
अविरल वर्षापछि लालबकैया नदीमा बाढीको जोखिम
-
खुकुरीसहित आक्रमणको प्रयास गर्ने ४ युवक पक्राउ
-
साउनभित्र उपत्यकामा डिडिसीका ३० ‘आउटलेट’ सञ्चालमा आउँदै
-
१२ बजे १२ समाचार: प्रचण्डबाट आङ्बोलाई फेरि धोखा, फैसला कार्यन्वयमा श्रम मन्त्रालयको आनाकानी
-
डा. केसी र सरकारी टोलीबिचको वार्ता निष्कर्षविहीन, भोलि पुनः वार्ता हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण