अब कर्णालीले निर्यातमा पनि जोड दिनुपर्छ : मुख्यमन्त्री शाही
कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले आयातमा मात्र नभई निर्यातमा पनि जोड दिन आग्रह गरेका छन् । युवा उद्यमी तथा व्यवसायी संघ कर्णाली प्रदेशले आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्री शाहीले कर्णालीमा आयात मात्र हुने गरेकोमा अब निर्यातमा जोड दिन आग्रह गरेका हुन् ।
कर्णालीमा रहेका करोडौं रुपैयाँका बहुमूल्य वस्तु (जडिबुटी) लाई यही प्रशोधन गरेर निर्यात गर्न सकिए सबै लाभान्वित हुने उनले बताए । ‘हामीसँग बहुमूल्य जडिबुटी छन् । त्यसलाई संकलन गरेर भारततर्फ निर्यात मात्र गरेको छौं ।’ उनले भने, ‘त्यसलाई यही प्रशोधन गरेर निर्यात गरेको भए आफैं बढी फाइदा लिन सक्थ्यौँ ।’
मुख्यमन्त्री शाहीले यो क्षेत्रमा बहुमूल्य च्याउ, झ्याउ र स्याउ रहेको बताए । ‘तर, त्यसको व्यवस्थापन गर्न सकेका छैनौं,’ उनले भने, ‘त्यसलाई व्यवस्थित र बजारीकरण गर्न सकियो भने धनी हुन धेरैबेर कुर्नुपर्दैन ।’ कर्णाली विकासका लागि ६ वटा ‘ब’ लागू गर्न सके यहाँको विकासको ढोका खुल्ने मुख्यमन्त्री शाहीले बताए । ‘बाटो, बिजुली, बजार, विचार, वन र व्यवस्थापन अति आवश्यक हो ।’ उनले भने, ‘विकट प्रदेशमा कनेक्टिभिटी राम्रो भए स्वास्थ्य, शिक्षा र रोजगारीका अवसर सृजना हुनसक्थे ।’
यस्तै कर्णालीको आर्थिक विकासका लागि औधोकिरण आवश्यक रहेको सुर्खेत वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीले बताए । हामीले कर्णालीको विकासका लागि उद्योग नै सञ्चालन गर्न सकेका छैनौं ।’ उनले भने, ‘उद्योगधन्दामा लगानी भित्र्याउन आवश्यक रहेको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्पेनको शानदार जित, फाइनल पुग्न सकेन फ्रान्स
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण