५० वर्षपछि दैलेखमा सारियो सुन्दरी तोप !
झण्डै ५० वर्षपछि दैलेखमा पुनः सुन्दरी तोप सारिएको छ । बुधबार स्थानीय सरकारको पहलमा तोप सारिएको हो । जिल्लाको ऐतिहासिक कोत गढीमा राखिएको सुन्दरी तोप २०२८ सालमा दैलेखमा भोकमरी परेपछि ज्वालादल गुल्म सरेर सुर्खेत आउँदै गर्दा सुर्खेत सारिएको थियो ।
संघीयतापछि दैलेखका राजनीतिक दल, स्थानीय सरकार, नागरिक समाजले दैलेखबाट अन्य स्थानमा लगिएका ऐतिहासिक सम्पदाहरू ल्याउनुपर्ने माग गर्र्दै आएका थिए । नारायण नगरपालिकाका सूचना प्रविधि अधिकृत प्रकाशकुमार विसीले नगरपालिकाको समन्वयमा स्थानीय प्रशासन, नेपाली सेनाको पहलमा तोप दैलेख ल्याइएको जानकारी दिए ।
तोप पुरानो स्थान गढीमा राख्नुपर्ने भएपनि गढीको पुनःनिर्माणको काम सकिन अझै एक महिना लाग्ने भएकाले तत्कालका लागि तोपलाई दैलेखमा रहेको इन्द्र दल गुल्ममा राखिने उनले बताए । सुन्दरी तोप वि.सं.१८४६ मानबहादुर शाहको पालामा बनेको बताइन्छ ।
दैलेखमा सारिएको सुन्दरी तोपमा ८१ थानगोला भरिएको जनाइएको छ । विजयादशमी तथा तिहारको समयमा टीकाको साइतमा तोप पट्काएर जनाइने र नागरिकहरूले तोपको साइतअनुसार दशैंको टिका लगाउने कार्य अघि बढाउने पुरानो धार्मिक महत्व रहेको बुझिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण