रेस थ्रीमा नाकारात्मक भूमिकामा सलमान, सेयर गरे फस्ट लुक
मुम्बई । सलमान खानले सोमबार आफ्नो आगामी चलचित्र एक्सन सिक्वेल रेस थ्रीको फस्ट लुक सार्वजनिक गरेका छन् ।
सामाजिक सञ्जाल ट्वीटरमा मात्र ‘रेस थ्री शुरु...’ भन्दै उनले एउटा तस्विर सेयर गरेका छन् ।
गत हप्तामा मात्र उनले डिसेम्बर रिलिज हुने उनको नयाँ चलचित्र ‘टाइगर जिन्दा हे’ को पहिलो ट्रेलर रिलिज गरेका थिए ।
नयाँ तस्विरमा सलमान बन्दुक बोकेर क्यामारातर्फ हेरिरहेको देख्न सकिन्छ । उनले कुनै युनिफर्म लगाएको पनि तस्विरमा देख्न सकिन्छ ।
चलचित्रको सुटिङ गत हप्तादेखि मुम्बईको मेहबुब स्टुडियोमा शुरु भएको छ । चलचित्रमा सलमानसँग ज्याकलिन फर्नान्डेज रहेकी छिन् । दुवैले यसअघि सन् २०१४ को चलचित्र ‘किक’मा काम गरेका थिए ।
अब्बास–मस्तानले चलचित्रको पहिलो दुई श्रृंखला निर्देशन गरेका थिए भने आगामी चलचित्र रेमो डिसुजाले निर्देशन गर्नेछन् ।
पहिलो दुई चलचित्रमा अनिल कपुर, सैफ अली खान, विपासा बासु र अमिसा पटेल मुख्य भूमिकामा देखिएका थिए । पहिलो संस्करणमा अक्षय खन्ना, कट्रिना कैफ र समिरा रेड्डी रहेका थिए भने दोस्रो भागमा जोन अब्राहम र दीपिका पाडुकोन पनि रहेका थिए ।
चलचत्रिमा सलमानले नकारात्मक भूमिका निभाउने बताइएको छ । यस संस्करणमा बबी देवल, साकिब सलिम आदि कलाकारहरु पनि हुनेछन् ।
यो चलचित्र ऐश्वर्य रायको ‘फन्ने खान’सँग सन् २०१८ को इदमा भिड्नेछ ।
.... and Race3 begins pic.twitter.com/2TqNDGjLhD
— Salman Khan (@BeingSalmanKhan) November 13, 2017
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्पेनको शानदार जित, फाइनल पुग्न सकेन फ्रान्स
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण