एमाले कर्णालीमा कतै बन्दसत्र जारी, कतै सर्वसम्मत नेतृत्व चयनको अन्तिम तयारी
शुक्रबारदेखि नेकपा एमालेको आठौं जिल्ला अधिवेशन जारी छ । जस अनुसार १० जिल्ला रहेको कर्णालीमा सात जिल्लाहरुको ताजा अवस्था हेर्दा कुनै जिल्लामा सर्वसम्मत रुपमा नेतृत्व निर्माणको प्रक्रिया अघि बढेको छ भने कुनै जिल्लामा बन्दसत्र जारी छ । सुर्खेतमा जारी बन्दसत्र शनिबार दिउँसो सकिएको छ । अब नेतृत्व निर्माणका लागि नेताहरु जुटिरहेको प्रचार–प्रसार समितिका संयोजक गंगाराम तिमिल्सिनाले रातोपाटीलाई जानकारी दिए ।
उनका अनुसार सुर्खेतमा पनि सर्वसम्मत नेतृत्व चयन गर्ने तयारी भइरहेको छ।
सुर्खेतमा आकांक्षीहरु धेरै देखिएका छन् । तर वर्तमान पार्टी अध्यक्ष धुर्वकुमार शाहीले दोहोरिने आकाँक्षा व्यक्त गरेका छन् । अध्यक्षका लागि जिल्लामा ६ जनाले आकाँक्षा व्यक्त गरेपनि चर्चामा भने चार जनाको नाम छ । जसमा बहालवाला उपाध्यक्ष अमृतबहादुर विसी, डण्डीप्रसाद शर्मा र कूलमणि देवकोटा र वर्तमान अध्यक्ष धुर्वकुमार शाही रहेका छन् ।
सकेसम्म सहमती जुटाउने प्रयास भइरहेको नेताहरुले बताएका छन् ।
एमाले प्रदेश कमिटीका अध्यक्ष विनोद कुमार शाहले सल्यान र जुम्लामा नेतृत्व निर्विरोध चयन हुने बताए । त्यसका लागि सल्यानमा अन्तिम तयारी भइरहेको र जुम्लामा अध्यक्ष निर्विरोध हुने देखिन्छ,’उनले भने,‘अन्य जिल्लाहरुमा बन्द सत्र जारी छ।’
दैलेखमा अहिले राजनीतिक प्रतिवेदन प्रस्तनु भइरहेको छ भने नेतृत्व चयनका लागि नेताहरुले ‘लबिङ’ गरिरहेका छन् । दैलेखमा अध्यक्षका लागि चार जनाले दावी गरेका छन् ।
वर्तमान पार्टी अध्यक्ष रविन्द्रराज शर्माले पुनः दोहोरीने चाहना व्यक्त गरेका छन् भने पूर्व जिल्ला उपसभापति सुर्यबहादुर शाहीले पनि अध्यक्ष पदका लागि तयारी थालिरहेका छन् ।
यस्तै जिल्ला समन्वय प्रमुख प्रेम थापा र चामुण्डा बिन्द्रासैनी नगरपालिकाका मेयर सुर्यबहादुर शाहीले पनि दावी गरेका छन् ।
तथापि, मेयर शाही र वर्तमान अध्यक्ष शर्माबीच प्रतिस्पर्धा हुने देखिएको नेताहरुले बताएका छन् । दैलेखमा अहिलेको अबस्था हेर्दा चुनावमा जानुपर्ने अबस्था आउन सक्ने एक नेताले जानकारी दिए ।
कर्णालीमा सुर्खेत, दैलेख, जुम्ला, डोल्पा, जाजरकोट, रुकुमपश्चिम र सल्यान जिल्लामा शुक्रबारदेखि अधिवेशन सुरु भएको थियो । कालिकोटमा भने शनिबार जिल्ला अधिवेशनको उद्घाटन गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण