डोल्पामा बुढा र सल्यानमा पुन एमाले जिल्ला अध्यक्ष चयन
शुक्रबारदेखि जारी नेकपा एमालेको जिल्ला अधिवेशन अन्तर्गत कर्णालीमा दुई जिल्लामा नेतृत्वको टुङ्गो लागेको छ । सल्यान र हिमाली जिल्ला डोल्पामा शनिबार बेलुका सर्वसम्मत नेतृत्व चयन गरिएको हो ।
एमाले कर्णाली प्रदेश कमिटीका अध्यक्ष विनोद कुमार शाहका अनुसार सल्यान जिल्लाको अध्यक्षमा गोविन्द कुमार पुन र डोल्पाको अध्यक्षमा शेरबहादुर बुढा चयन भएका छन् । बुढा यसअघि नेकपा एमाले प्रदेश कमिटी सदस्य, जिल्ला कमिटी सचिवालय सदस्य थिए ।

गोविन्द कुमार पुन
साथै उनी एमालेको तर्फबाट जिल्ला समन्वय समिति डोल्पाको प्रमुख समेत छन् । यस्तै उपाध्यक्षमा विश्वचन्द्र डसाल,सचिवमा लंक बहादुर रोकाया,उपसचिवमा धावासम्डुक गुरुङ र सुनराम बुढा(सुमन) निर्विरोध निर्वाचित भएका छन् ।
प्रदेश कमिटीका अध्यक्ष शाहका अनुसार अन्य जिल्लामा आइतबार आजसम्म नेतृत्व चयन भइसक्ने छ । त्यसका लागि अन्य ६ जिल्लाहरूमा नेताहरू छलफलमा जुटिरहेका छन् । कालिकोटमा शनिबारदेखि अधिवेशन सुरु भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण