छिट्टै प्रदेश सरकारले पूर्णता पाउँछ : मुख्यमन्त्री शाही
कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले प्रदेश सरकारले छिट्टै पूर्णता पाउने बताएका छन् । सत्ता साझेदारी दलका जिल्लादेखि केन्द्रसम्मका अधिवेशनका कारण सरकार विस्तारमा केही ढिलाइ भए पनि अब भने छिट्टै प्रदेश सरकार विस्तार गरिने उनले बताएका हुन् ।
नेपाल प्रेस युनियन सल्यानले आज सदरमुकाम खलङ्गामा आयोजना गरेको पत्रकार सम्मेलनमा मुख्यमन्त्री शाहीले मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भए पनि सरकारका कामकारबाही नियमित चलिरहेको बताए । उनले सत्ता गठबन्धनबीच मन्त्रालयको भागबन्डाका कारण सरकार विस्तारमा ढिलाइ भएको भन्ने हल्ला गलत भएको भन्दै राजनीतिक दलहरूका चुनावी कार्यक्रमले नै ढिलाइ भएको उल्लेख गरे ।
आफ्नो नेतृत्वको सरकार क्रम भङ्गको सरकार नभई गठबन्धनको सरकार भएकाले विगतका सरकारले गरेका राम्रा कामलाई निरन्तरता दिँदै अघि बढ्ने उनले बताए । उनले कर्णाली प्रदेशलाई समृद्ध बनाउन छ ‘ब’ लागू गर्नुपर्ने बताए । कर्णाली प्रदेशले सुनको थालीमा भिख मागिरहेको बताउँदै उनले ६ ‘ब’ लाई कार्यान्वयनमा ल्याउन सकिए समृद्धि कर्णाली बन्न सक्ने दाबी गरे । ६ ‘ब’ अन्तर्गत बाटो, बिजुली, विचार (सूचना प्रविधि), वन, बजार र व्यवस्थापनमा ध्यान र जोड दिन सके प्रदेशलाई धनी र समुन्नत बनाउन सकिने उनको भनाइ छ ।
मुख्यमन्त्री शाहीले जनताले महसुस गर्ने गरी विकास निर्माणका कामहरु सञ्चालन गरिने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण