बुधबारका लागि बोलाइयो कर्णाली प्रदेशसभा बैठक
कर्णाली प्रदेशसभाको नवौं अधिवेशन बोलाइएको छ । बुधबार (पुस २८) गते दिनको ३ बजेतिर बस्ने गरी बैठक आह्वान गरिएको प्रदेशसभा सचिवालयले जानकारी दिएको छ । संविधानको धारा १८३ बमोजिम बैठक बोलाइएको हो । प्रदेश सभा नियमावली, २०७४ को नियम ३ को उपनियम ३ बमोजिम सांसदहरुलाई सोही मितिमा उपस्थितिका लागि अनुरोध गरिएको सचिवालयका कानुन अधिकृत मदन खड्काले जानकारी दिए ।
पौष २१ गते बसेको मन्त्रिपरिषदको बैठकले प्रदेशसभा बैठक आह्वान गर्न प्रदेश प्रमुखलाई सिफारिस गरेको थियो ।
यसअघि मंसिर १४ गते मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत लिने प्रयोजनका लागि बैठक बोलाइएको थियो । तर प्रमुख प्रतिपक्ष दल नेकपा एमाले उपस्थिति नभएपछि मंसिर १५ गते बैठक सारियो । महाधिवेशनको संघारमा रहेको एमाले १५ गते पनि सहभागी नभएपछि सत्ता गठबन्धनकै सहभागितामा मुख्यमन्त्री शाहीले विश्वासको मत लिएका थिए ।
उनले विश्वासको मत लिएसँगै सोही दिन बुधबार रातको १२ बजेदेखि प्रदेशसभा बैठक अन्त्य गरिएको थियो । मुख्यमन्त्री शाहीले विश्वासको मत लिएसँगै सरकारलाई पूर्णता दिने बनाइएपनि अन्ततः शाहीले अहिलेसम्म पनि पूर्णता दिन सकिरहेका छैनन् । सुरुवाती चरणमा सरकारलाई पूर्णता दिने कुरालाई लिएर चर्चा–परिचर्चा हुने गरेपनि पछिल्लो समय भने झन सुस्ताउँदै गएको छ ।
तथापि, मुख्यमन्त्री शाहीले सार्वजनिक कार्यक्रमहरुमा भने छिट्टै मन्त्रिपरिषदले पूर्णता पाउने छट्ट भाषण गर्न भने छाडेका छैनन् । सत्ता गठबन्धनमा रहेका तीन दलहरुबीच विवाद भइरहँदा सरकारले पूर्णता पाउन सकिरहेको छैन ।
गठबन्धन दलकै नेताहरु सरकार विस्तारमा स्वंयम् मुख्यमन्त्री शाहीले चासो नदिएको बताउँदै आएका छन् । मुख्यमन्त्री शाहीले अन्य दलभित्रको कुरा भन्दा पनि आफ्नै दलभित्रको समिकरण मिलाउन सकिरहेका छैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण