बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

भाइलाई हराउँदै खीमबहादुर बने एमाले जाजरकोट अध्यक्ष

मङ्गलबार, २७ पुस २०७८, २१ : ०४
मङ्गलबार, २७ पुस २०७८

नेकपा एमाले जाजरकोटको अध्यक्षमा खीमबहादुर शाही निर्वाचित भएका छन् । मंगलबार गरिएको मत गणना अनुसार करवीर शाहीलाई पराजित गर्दै खीमबहादुर निर्वाचित भएका हुन् । विजयी खीमबहादुरले कुल ४ सय ३३ मत मध्य २ सय १७ मत ल्याएर विजयी भए । करवीरले २ सय १० मत प्राप्त गरेका थिए । खीम र कवीर दाजुभाइ हुन् । खीम दाइ हुन् । करवीर तत्कालीन माधवकुमार नेपाल समूहमा थिए । 

यस्तै उपाध्यक्षमा गोपाल बटाला निर्वाचित भएका छ्न् । उनले २ सय २५ मत प्राप्त गरे। सचिवमा वीरबहादुर गिरी निर्वाचित भएका छन् । नरबहादुर खत्रीलाई पछि पार्दै उनी विजयी भएका हुन् । गिरीले २ सय १५ प्राप्त गरेका थिए भने खत्रीले १ सय ८६ मत प्राप्त गरेका छ्न् ।  यस्तै उपसचिवमा गोपाल बहादुर नेपाली  र नर बहादुर बस्नेत  निर्वाचित भएका छ्न् । नेपालीले  सबैभन्दा बढी २ सय ५८ मत प्राप्त गरेका छ्न् । बस्नेतले २ सय ४७ मत प्राप्त गरेका छ्न् ।  उपसचिवका उम्मेदवार रामबहादुर शाही र जयाराम न्यौपाने पराजित भएका छ्न् । शाहीले १ सय ५४ मत प्राप्त गरेका थिए भने न्यौपानेले १ सय ४ मत प्राप्त गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप