नेकपा एमाले सुर्खेतको अध्यक्षमा अमृत बिसी विजयी
बुधबार, २८ पुस २०७८, ०८ : २२
नेकपा एमाले सुर्खेतको अध्यक्षमा अमृत बिसी विजयी भएका छन् । उनले ३६८ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी डण्डीप्रसाद शर्माले २६७ मत प्राप्त गरेका छन् ।
यस्तै उपाध्यक्षमा बिसीकै प्यानलका कुलमणि देवकोटाले ३९४ मत ल्याएर विजयी भएका छन् । सचिवमा कविन्द्र केसीले ३९० मत प्राप्त गरेर विजयी भएका छन् भने उप सचिवमा घनश्याम पाण्डे विजयी भएका छन् ।
एमाले सुर्खेतमा कुल ६६२ प्रतिनिधि रहेकोमा ६४९ जनाले मात्रै मतदान गरेका थिए । नयाँ नेतृत्वका लागि अध्यक्ष पदमा निवर्तमान उपाध्यक्ष अमृत बिसी र सचिवालय सदस्य डण्डी शर्मा प्यानलसहित चुनावी मैदानमा थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण