जुम्लामा सार्वजनिक सेवा पाउन खोप कार्ड अनिवार्य
बिहीबार, २९ पुस २०७८, २० : ०७
जुम्लामा सार्वजनिक सेवा पाउन अनिवार्य खोप कार्ड हुनुपर्ने व्यवस्था गरिने भएको छ । जिल्ला कोभिड सङ्कट व्यवस्थापन समितिको बैठकले यस्तो आग्रह गरेको हो । जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन समितिले जुम्लाका नागरिकलाई सङ्क्रमणबाट बच्न स्वास्थ्य सावधानी अपनाउन आग्रह गरेको छ । सार्वजनिक सेवा प्राप्त गर्न अनिवार्य कोभिड विरुद्धको खोप लगाएको कार्ड हुनुपर्नेछ । सार्वजनिकस्थलमा सबै प्रकारका राजनीतिक तथा धेरै उपस्थित हुने प्रशासनिक र सामाजिक कार्यक्रम नगर्न समितिले निर्णय गरेको प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईंले बताइन् ।
अत्यावश्यक नियमित कार्यक्रमको हकमा स्थानीय प्रशासनको अनुमति लिनुपर्ने, सार्वजनिकस्थलमा २५ जनाबढी भेला हुन गरी मेला, भेला तथा महोत्सव आयोजना नगर्ने निर्णय गरिएको प्रजिअ प्रसाईंले बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण