जुम्लामा सार्वजनिक यातायातकाे नयाँ भाडा कायम
जुम्लामा सार्वजनिक यातायातको भाडादर निर्धारण गरिएको छ । यातायात व्यवस्था कार्यालयले जुम्लामा गुड्ने साना तथा ठूला यात्रुबाहक सवारीको भाडादर निर्धारण गरेको हो ।
अब जुम्लादेखि मान्मासम्म बसयात्रा गर्दा ४४० रुपैयाँ तिर्नुपर्नेछ भने मिनिबसमा ५४० रुपैयाँ खर्चनुपर्नेछ । जीपमा जाँदा भने ६३५ रुपैयाँ भाडा पर्ने भएकाे छ ।
जुम्लादेखि सुर्खेत बसमा ८४० रुपैयाँ भाडा निर्धारण गरिएकाे छ भने मिनिबसमा १ हजार ३० रुपैयाँ कायम भएकाे छ । जीपमा जाँदा झन बढी १ हजार २ सय ९ रुपैयाँ तिर्नुपर्नेछ । जुम्लादेखि काठमाडौंकाे बस भाडा १ हजार २ सय ८३ निर्धारण गरिएकाे छ । डिलक्स र एसी बसकाे भाडा अझ बढी हुन्छ ।
छोटो दूरीमा जुम्लादेखि उम्गाडसम्म बस भाडा २७ रुपैयाँ कायम भएकाे छ भने जीप-भ्यान ४० रुपैयाँ तिर्नुपर्नेछ ।
जुम्लादेखि लाम्रा सम्म बस भाडा ४४ र जट्ठप भ्यानमा ६४ रुपैयाँ कायम भएकाे छ । जुम्लादेखि तातोपानी बस भाडा ६५ र जीप-भ्यान ९६ कायम भएकाे छ ।
जुम्लादेखि कुडारीसम्म बसमा १०८ र जिप भ्यानमा १६० रुपैयाँ भाडा निर्धारण गरिएकाे छ । जुम्लादेखि रारालिहिसम्म बस भाडा १३५ र जीप-भ्यान भाडा २ सय रहेकाे छ ।
जुम्ला बजारदेखि नाग्मसम्म बस भाडा १७३ हुँदा जिपमा यात्रा गर्दा २५६ रुपैयाँ तिर्नुपर्ने यातायात व्यवस्था सेवा कार्यालय जुम्लाका सूचना अधिकारी लोकबहादुर महतले बताए ।
उनका अनुसार छोटो दूरीमा चल्ने अटो रिक्साको भाडा ४० देखि बढीमा ७० रुपैयाँसम्म कायम गरिएकाे छ ।
यातायात व्यवसायिकले भने सरकारबाट निर्धारण भएकाे भाडादर कार्यान्वयन हुन नसक्ने बताउँदै आएका छन् । तिला कर्णाली यातायातका इन्चार्ज इन्द्र थापाले डिजेल, पाटपूर्जाको भाउ बढेका बेला सरकारी भाडादर निकै कम भएकाे बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण