प्रदेश प्रमुख परियारद्वारा ‘माघे सङ्क्रान्ति’को शुभकामना
कर्णाली प्रदेश प्रमुख तिलक परियारले थारु समुदायले मनाउने माघी र मगर समुदायले मनाउने माघे सङ्क्रान्तिको अवसरमा शुभकामना व्यक्त गरेका छन् । ‘माघी तथा माघे सङ्क्रान्ति’को अवसरमा प्रदेश प्रमुख परियारले स्वदेश तथा विदेशमा रहेका सम्पूर्णमा नेपाली तथा कर्णालीवासीमा शुभकामना व्यक्त गरेका हुन । “बहुजाति, बहुसांस्कृतिक, बहुधार्मिक, बहुभाषिक विविधताले नेपालको राष्ट्रिय एकता र सद्भाव कायम गरेको छ”, उनले भने, “यो पर्वले पनि पारस्परिक मित्रता र सहिष्णुता अभिवृद्धि गर्दै आएको छ ।”
प्रदेश प्रमुख परियारले तरुल, सख्खरखण्ड, लड्डु, माछा, मासुजस्ता परिकार खाने, नाचगान गर्ने, पोखरी, दह तथा तलाउमा गएर नुहाउने र नाचगान गर्दै धुमधामका साथ मनाउने यस पर्वले नेपालको सांस्कृतिक विविधतामा महत्वपूर्ण स्थान ओगटेको बताएका छन् । उनले सांस्कृतिक पर्वहरूले हाम्रो पहिचान र मौलिकतालाई उजागर गरेको भन्दै थारु तथा मगर समुदायको यस पर्वले आपसी भाइचारा तथा बन्धुत्व कायम भई मुलुकको समृद्धि र विकास गर्ने प्रेरणा मिल्ने विश्वास व्यक्त गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण