माघी पर्वले राष्ट्रिय एकता र सद्भाव कायम गर्न सहयोग पुर्याएको छ : मुख्यमन्त्री शाही
कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले माघी पर्वले नेपालको राष्ट्रिय एकता र सद्भाव कायम गर्न सहयोग पुर्याएको बताएका छन् । थारु समुदायको नयाँ वर्ष ‘माघी’ तथा मगर र अन्य समुदायको माघे सङ्क्रान्ति (मकर सङ्क्रान्ति) पर्वका अवसरमा शुभकामना सन्देश दिनु हुँदै उनले यो पर्वले सबै धार्मिक समुदायका नेपाली माझ आपसी सद्भाव, विश्वास, एकता, प्रेम र बन्धुत्वको भावनालाई प्रगाढ बनाउने विश्वास व्यक्त गरे ।
माघे सङ्क्रान्ति एवम् माघी पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई शुभकामना व्यक्त गर्नुहुँदै उनले सन्देशमा कोरोना भाइरस सङ्क्रमणको जोखिम बढ्दो क्रममा रहेकाले स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर माघी पर्व मनाउन सबैमा आग्रह गरेका छन् ।
मुख्यमन्त्री शाहीले सन्देशमा भनेका छन्, “मधेसमा थारु र मैथली समुदाय, किराँतले किराँत संवतका रुपमा निकै सद्भावका साथ यो पर्व मनाउँछन् । आजकै दिन नेवार समुदायमा ‘घ्युचाकु, सैल्हुँ’ नामले यो पर्वलाई मनाइन्छ ।
मगरले मकर सङ्क्रान्तिका रुपमा मनाउने माघे सङ्क्रान्ति पर्वले सबै धार्मिक समुदायका नेपाली माझ आपसी सद्भाव, विश्वास, एकता, प्रेम र बन्धुत्वको भावनालाई प्रगाढ बनाउने विश्वास लिएको छु ।” कर्णाली प्रदेश सरकारले विगत दुई वर्षदेखि माघे सङ्क्रान्तिका अवसरमा सार्वजनिक बिदा दिँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण