नेपालमा आयो चिनियाँ विद्युतीय मोटरसाइकल ‘याक बाइक’
प्रसिद्ध चिनियाँ विद्युतीय दुई पाङ्ग्रे सवारी ब्रान्ड ‘याक बाइक’ नेपाली बजारमा भित्रिएको छ । चिनियाँ विद्युतीय दुई पाङ्ग्रे सवारी उत्पादक बेन्ल्गसँगको साझेदारीमा नेपाल स्थित अटोमोटिभ कम्पनी प्रालिले याक बाइक नेपाल भित्र्याएको हो ।
शनिबार एक विशेष समारोहको आयोजना गर्दै नयाँ ब्रान्ड सार्वजनिक गरेको कम्पनीले ब्रान्ड चिनियाँ भएपनि एसेम्बलिङ प्लान्ट नेपालमा नै स्थापना गरि मोटरसाइकल तथा स्कुटरको उत्पादन गरिने जानकारी दिएको छ । यसले नेपालको अर्थतन्त्रमा थप सुधार ल्याउनुका साथै हजारौंलाई रोजगारी सिर्जना गर्न समेत सहयोग पुग्ने कम्पनीले बताएको छ ।
‘नेपाली बजारमा ‘याक बाइक’ नामक इलेक्ट्रिक दुई पाङ्ग्रे सवारीको ब्रान्ड भित्र्याउन पाउँदा निकै खुशी लागेको छ । यसले वातावरणको संरक्षण मात्र नभई नेपालमा नै एसेम्बलिङ प्लान्ट मार्फत उत्पादन गरिने हुँदा थप मुलुकको अर्थतन्त्र सबल बनाउन महत्वपूर्ण सहयोग पुग्ने हामीले विश्वास लिएका छौं’ कम्पनी (जैष्णवी ग्रुप) की अध्यक्ष स्मृति पालिखेले बताइन् ।

‘स्मार्ट सिटी, स्मार्ट राइड’ भन्ने नाराकासाथ विशेष आकर्षण, डिजाइन तथा साजसज्जाका साथ उपलबध गराएकोयाक बाइक नेपालमा उपलब्ध अन्य इलेक्ट्रिक बाइकहरुको तुलनामा भिन्न र परिस्कृत भएको कम्पनीको दाबी छ । याक बाइकल निकै आकर्षक हुनुका सार्थ अत्यन्त कम ऊर्जा खपत गर्ने समेत कम्पनीले बताएको छ ।
‘सरकार र नेपाली जनताले लामो समयदेखि खोज्दै आएको किफायती र दिगोपन प्रदान गर्ने उत्कृष्ट वैकल्पिक समाधान प्रदान गर्न ‘याक बाइक’ नेपाल ल्याएका छौं । वातावरणमैत्री विद्युतीय सवारीहरूको प्रयोगले अहिले देखा परिरहेका समस्याहरूको समाधान प्रदान गर्दछन् । नेपालको आर्थिक दृष्ट्रिकोणले समेत लाभदायी रहेको विद्युतीय सवारी साधनको प्रयोगमा याक बाइक यक विशेष विकल्प हुनसक्छ’ कम्पनीका सीइओ जोन खड्काले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्पदंशबाट कैलालीमा २९ वर्षीय युवकको मृत्यु
-
अविरल वर्षापछि लालबकैया नदीमा बाढीको जोखिम
-
खुकुरीसहित आक्रमणको प्रयास गर्ने ४ युवक पक्राउ
-
साउनभित्र उपत्यकामा डिडिसीका ३० ‘आउटलेट’ सञ्चालमा आउँदै
-
१२ बजे १२ समाचार: प्रचण्डबाट आङ्बोलाई फेरि धोखा, फैसला कार्यन्वयमा श्रम मन्त्रालयको आनाकानी
-
डा. केसी र सरकारी टोलीबिचको वार्ता निष्कर्षविहीन, भोलि पुनः वार्ता हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण