कर्णाली प्रदेशमा सत्ता गठबन्धन विवाद : तीन महिनादेखि पाँच मन्त्रालय रिक्त
बुधबार, ०५ माघ २०७८, १६ : ४९
सत्ता गठबन्धनमा आन्तरिक विवाद समाधान नभएपछि तीन महिनादेखि कर्णाली प्रदेशमा पाँच मन्त्रालय रिक्त रहन पुगेका छन् । सो प्रदेशको सबैभन्दा ठूलो दल नेकपा माओवादी केन्द्रले चारवटा मन्त्रालय माग गरेपछि काँग्रेस नेतृत्वको कर्णाली प्रदेशमा तीन महिनादेखि पाँच मन्त्रालय रिक्त हुन पुगेका हुन् ।
मुख्यमन्त्री जीवनबहादुर शाहीले गत १६ कात्तिकमा पद सम्हालेको भए पनि अहिलेसम्म दुई जनालाई मात्र जिम्मेवारी तोकेका छन् । नेकपा (एकीकृत समाजवादी) का चन्द्रबहादुर शाही तथा माओवादीका बिन्दमान विष्टबाहेक अन्यलाई जिम्मेवारी दिन सकेका छैनन् ।
गत मंगलबार माओवादी केन्द्रको प्रदेश संसदीय दलको बैठकले पूर्ववत् सहमतिअनुसार चार मन्त्रालय पाउनुपर्ने अडान दोहोर्याएपछि मुख्यमन्त्री शाहीलाई मन्त्रिपरिषद विस्तारमा थप कठिनाइ परेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण