‘करोडौंमा’ रुविना बनिन् आर्यनको प्रेमिका
अभिनेता आर्यन सिग्देलको हातमा पछिल्लो समय फिल्म फाट्टफुट्ट पर्ने गरेको छ । सायद त्यसैले पनि होला उनी म्युजिक भिडियोमा बाक्लै देखिन थालेका छन् । यस्तैमा आर्यनको रुविना थापासँग रोमान्स रहेको म्युजिक भिडियो ‘करोडौंमा’ सार्वजनिक भएको छ । गायक क्षितिज सापकोटा र गायिका स्वेच्छा ठकुरीको स्वर गीतमा छ ।
गायक क्षितिज सापकोटाकै शब्द रहेको गीतमा अर्जुन पोखरेलको संगीत छ । क्षितिजका यस अगाडि ‘तिमी बिनाको सुनैको दरबार’ चर्चामा रहेको थियो । भुल, निम्तो माखे साङ्लो, सिरुपाते कम्मर, किराना पसल, किराना पसल २ जस्ता गीत समेत सार्वजनिक गरेका सापकोटाको ‘करोडौंमा’ गीतको भिडियो शिशिर खातीले निर्देशन गरेका हुन् । आरजु बैजुको कोरियोग्राफी रहेको भिडियोमा रविन्द्र बरालको छायाङ्कन, मनोज कार्कीको सम्पादन छ ।
गीतको भिडियो राम्रो बनेकाले आफुलाई फिल्म झै चर्चा दिलाउने आर्यनको विश्वास रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्पदंशबाट कैलालीमा २९ वर्षीय युवकको मृत्यु
-
अविरल वर्षापछि लालबकैया नदीमा बाढीको जोखिम
-
खुकुरीसहित आक्रमणको प्रयास गर्ने ४ युवक पक्राउ
-
साउनभित्र उपत्यकामा डिडिसीका ३० ‘आउटलेट’ सञ्चालमा आउँदै
-
१२ बजे १२ समाचार: प्रचण्डबाट आङ्बोलाई फेरि धोखा, फैसला कार्यन्वयमा श्रम मन्त्रालयको आनाकानी
-
डा. केसी र सरकारी टोलीबिचको वार्ता निष्कर्षविहीन, भोलि पुनः वार्ता हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण