कर्नाटक हिजाब विवाद : आज सुनुवाइ, एक मुसलमान महिला न्यायाधीश पनि बेन्चमा
कर्नाटकको कलेजका छात्राहरुलाई हिजाबमाथि लगाइएको प्रतिवन्धको विरुद्ध दायर मुद्दामा आज सुनुवाइ हुने भएको छ । सुनुवाई कर्नाटकको उच्च अदालतमा तीन जना न्यायाधीशको बेन्च बस्ने जनाइएको छ ।
कर्नाटक उच्च अदालतका प्रधानन्यायाधीश रितु राज अवस्थीले उक्त बेन्चमा एक मुसलमान महिलालाई पनि समावेश गरेका छन् । उक्त मुस्लिम न्यायाधीश जयबुनिसा मोहिउद्दिन खाजीइस हुन् । उनी पनि बेन्चकी सदस्य हुन् । उनलाई जिल्ला अदालतको प्रमुख न्यायाधीशबाट उच्च अदालतमा ल्याइएको थियो । बिहीबार स्थानीय समयअनुसार २ः३० मा यस विषयमा सुनुवाई सुरु हुनेछ । यो बेन्चको अध्यक्षता प्रधानन्यायाधीश स्वयंले गर्नेछन् ।
अर्को सदस्यमा न्यायमूर्ति कृष्ण दीक्षित छन् । उनी तीन दशकदेखि हिजाबको विषयमा सुनुवाई गर्दै उच्च अदालतसम्म पठाउने फैसला गर्ने न्यायाधीश हुन् । यो विषयमा संवैधानिक सवाल र व्यक्तिगत कानुन दुवै समावेश छ ।
केही महिनाअगाडि कर्नाटकको उडुपीस्थित एक कलेजमा मुश्लिम छात्राहरुलाई हिजाब लगाएर कलेज प्रवेश गर्न प्रतिवन्ध लगाइएको थियो । छात्राले उक्त फैसलाको विरोध गरेका थिए । उक्त विरोध कार्यक्रम जिल्लाभर फैलिरहेको छ । विरोध प्रदर्शनपछि मंगलबार तीन दिनसम्म सबै कलेजहरु बन्द गर्न आदेश दिइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण