मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

सुबिसुले ल्यायो ‘सुपर रफ्तार’ अफर

मङ्गलबार, ०३ फागुन २०७८, १३ : २८
मङ्गलबार, ०३ फागुन २०७८

इन्टरनेट सेवा सुबिसु केबल नेटले सेवाग्राहीको निम्ति ‘सुपर रफ्तार’ अफर ल्याएको छ । यस अफर अन्तर्गत सेवाग्राहीले ६५० एमबीपिएसको उच्च गतिको इन्टरनेटको लाभ उठाउन सक्ने भएका छन् । 

इन्टरनेटको बढ्दो माग र उच्चस्तरीय सेवालाई पुर्णरुप दिन कम्पनीले यो अफर ल्याएको जनाएको छ । ६५० एमबीपिएसको इन्टरनेटको साथमा ४ वटा क्लीयर टिभी सब्सकृप्सनको वार्षिक सेवा मात्र रु. १ हजार ७७० प्रति महिनामा प्राप्त हुन्छ, तर सर्त तथा नियमहरु लागु हुने कम्पनीले जनाएको छ  । 

सुबिसुले केबल तथा डिजिटल टिभी सेवा, कन्जुमर इन्टरनेट, इन्टरप्राइज इन्टरनेट, एम.पि.एल.एस भि.पि.एन.एस, व्यानएथर्नेट, होलसेल आइ.पि ट्रान्जिट, एम.भि.पि, डाटा सेन्टर सोलुसनजस्ता मनोरञ्जनात्मक सेवा तथा बिजनेस सोलुसन नेपालमा प्रदान गर्दै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप