भाइरल : बहुवलीकी ‘क्रेजी’ फ्यानले बनाइन् शरीरमै प्रभासको तस्विर
हैदरावाद । चलचित्र ‘बाहुबली’ हिट भएपछि प्रभासको फ्यान बढ्दो क्रममा छ ।
हालैमात्र ३७ औँ जन्मदिन मनाएका प्रभास अहिले भारतको ‘मोस्ट इलिजेबल ब्याचलर’ बनेका छन् । त्यही भएर उनको फ्यानहरुमा धेरै युवती छन् ।
महिला फ्यानहरु उनको ध्यान आफूतिर आकर्षित गर्न विभिन्न हतकण्डाहरु अपनाउन गरेका छन् । केही दिनअघि मात्र एक युवतीले आफ्नो शरीरमा प्रभासले बाहुवली चलचित्रमा निभाएको भूमिका ‘महेन्द्र बाहुवली’ को तस्विर बनाएकी छिन् । सो तस्विर यति बेला समाजिक सञ्जालमा भाइरल बनेको छ ।
ती युवतीको नाम भने खुलाइएको छैन । हैदरावादकी भनिएकी ती युवतीले प्रभासको जन्मदिनमा सो पेन्टिङ बनाएकी थिइन् ।
यी युवती उनको पहिलो क्रेजी फ्यान भने होइनन् । एक पटक प्रभासले ६ हजारभन्दा बढी विवाहको प्रस्ताव पाएका थिए ।
यसअघि पनि एक युवतीले आफ्नो शरीरमा प्रभासको नाम लेखेकी थिइन् ।
त्यस्तै अहमदावाद प्रहरीको क्राइम ब्रान्च समेतले केक काटेर उनको जन्म दिन मनाएको थियो ।
यता, प्रभासका एक फ्यानले उनले चलचित्रमा हात्तीको टाउकोमा उभिएको दृश्य नक्कल गर्दा घाइते हुन पुगेका थिए ।
प्रभास यति बेला आफ्नो नयाँ चलचित्र साहोको शुटिङमा व्यस्त रहेका छन् । चलचित्रमा उनीसँगै वलिउडकी नायिका श्रद्धा कपुर रहेी छिन् । त्यस्तै चलचित्रमा नील नितिन मुकेश, ज्याकी श्रौफ, चङ्की पाण्डे र नरेन्द्र झाको पनि भूमिका रहेको छ । चलचित्रलाई सुजितले निर्देशन गरिरहेका छन् । यो चलचत्रि सन् २०१८ मा तेलुगु, तामिल र हिन्दी भाषामा रिलिज गरिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्पेनको शानदार जित, फाइनल पुग्न सकेन फ्रान्स
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण