रियलमी ९ आइ स्मार्टफोन सार्वजनिक, मूल्य कति पर्छ ?
स्मार्टफोन ब्रान्ड रियलमीले स्न्यापड्रागन ६८० ६एनएम चिप रहेको रियलमी ९आइ स्मार्टफोन नेपाली बजारमा सार्वजनिक गरेको छ । रियलमी ९आइ २०२२ मा सार्वजनिक हुने रियलमी ९ सिरिजको पहिलो फोन हो । नवीनतम एसडीएम ६८० ६एनएम चिपको अलावा रियलमी ९आइमा परिष्कृत चार्जिङ र ब्याट्री पनि हुनेछ । जसले युवा प्रयोगकर्तामाझ विशिष्ट प्रदर्शन गर्नेछ ।
स्न्यापड्रागन ६८० प्रोसेसरले आधुनिक ६एनएम उत्पादन प्रक्रिया उपनाएको छ । यसले ओक्टाकोर २.४ गिगाहर्ज कोर्टेक्स–ए७३ र ओक्टाकोर १.९ गिगाहर्ज कोर्टेक्स–ए५३, एर्डेनो ६१०जीपीयूसहितको ओक्टाकोर सीपीयू अपनाएको छ । लास्ट–जेन प्रोसेसर स्न्यापड्रागन ६६२ सँग तुलना गर्दा एडीएम ६८० मा सीपीयू प्रदर्शन, सजिलो एप्लिकेसन, छिटो लन्च, छिटो पेज लोड सबैमा २५५ ले वृद्धि दिन्छ । यसैगरी जीपीयूको प्रदर्शन, उच्च फ्रेम रेट, सहज गेमिङ अनुभव, ल्यागको कमीमा १०५ ले वृद्धि हुनेछ । एआई प्रदर्शन, क्वालकमको तेस्रो जेनरेसन एआई इन्जिन र प्रमुख एप्लिकेबल सिनहरुमा पनि २५५ ले वृद्धि हुनेछ ।
६एनएम प्रोसेसरले १२एनएम प्रोसेसरभन्दा ६२५ कम पावर खपत गर्दछ भने प्रदर्शनमा पनि ४६५ को बढत ल्याउँछ । यस स्मार्टफोनमा अपेक्षाकृत कम तापमान वृद्धि र अधिक स्थिर फ्रेम दर छ । ६एनएम प्रोसेसरले ल्याएको कम पावर खपतले ब्याट्रीको आयु प्रभावकारी रुपमा विस्तार गर्छ । ८आइको ५०००एमएएच क्षमताको तुलनामा ९आइको ब्याट्री लाइफ ४६५ ले सुधार भएको छ ।
रियलमी ९आइको बजार मूल्य
स्न्यापड्रागन ६८० प्रोसेसरमा शक्तिशाली जीपीयू–एड्रेनो ६१० जीपीयू आउँछ र ९० हर्ज उच्च रिफ्रेस रेट स्कृन प्रविधिलाई पनि समर्थन गर्दछ । रियलमी ९आइ प्रिज्म ब्लु र प्रिज्म ब्ल्याक कलरमा उपलबध छ । ४÷६४ जिबी भेरिएन्टको मूल्य रु.२४ हजार ४९९ र ६÷१२८ जीबी भेरिएन्टको मूल्य रु. २७ हजार ९९९ तोकिएको छ ।
फागुन ९ देखि फागुन ११ सम्म दराज अनलाइनबाट प्रि–बुकिङ गर्न सकिन्छ । यसका साथै नेपालभरि रहेका सीमित आउटलेटहरुबाट फागुन ११ देखि फागुन १३ सम्म प्रि–बुकिङ गर्न सकिन्छ । ६ महिनाको निःशुल्क स्क्रिन रिप्लेसमेन्टको पनि सुविधा उपलब्ध छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्पदंशबाट कैलालीमा २९ वर्षीय युवकको मृत्यु
-
अविरल वर्षापछि लालबकैया नदीमा बाढीको जोखिम
-
खुकुरीसहित आक्रमणको प्रयास गर्ने ४ युवक पक्राउ
-
साउनभित्र उपत्यकामा डिडिसीका ३० ‘आउटलेट’ सञ्चालमा आउँदै
-
१२ बजे १२ समाचार: प्रचण्डबाट आङ्बोलाई फेरि धोखा, फैसला कार्यन्वयमा श्रम मन्त्रालयको आनाकानी
-
डा. केसी र सरकारी टोलीबिचको वार्ता निष्कर्षविहीन, भोलि पुनः वार्ता हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण