‘बोट’का उत्पादन अब नेपालमा
इम्याजिन मार्केटिङ लिमिटेड र नेपाली कम्पनी रमेश कर्पको भगिनी संस्था टेलिटक प्राइभेट लिमिटेडबीच नेपालमा ‘बोट’ उत्पादित श्रव्य विद्युतीय उपकरण (हियरेबल र वेरेबल) बिक्री-वितरण गर्ने सम्झौता भएको छ । सम्झौता अनुसार इम्याजिनको वायरलेस हियरेबल्सका सामानहरूको लागि टेलिटक राष्ट्रिय वितरक रहनेछ । यो सम्झौतासँगै अब नेपाली उपभोक्ताहरूले गुणस्तरीय हियरेबल्स र वेरेबल उत्पादनहरू प्राप्त गर्ने दाबी ती कम्पनीले गरेका छन्‌ ।
इम्याजिन मार्केटिङका प्रमुख कार्यकारी अधिकृत (सीईओ) विवेक गम्भीरले हाम्रा उत्पादनहरू नेपाल ल्याउन पाउँदा उत्साहित रहेको र आफूहरूको उद्देश्य उपभोक्ताहरूको चाहना अनुसारका अडियो सोलुसन प्रदान गर्नु भएको बताएका छन्‌ ।
त्यस्तै, टेलिटकका कार्यकारी निर्देशक प्रतीक जलानले बोटले वर्षौदेखि स्टाइलिस र राम्रो काम गर्ने उच्च गुणस्तरीय अडियो उपकरणहरूमार्फत आफ्नो बलियो ब्रान्ड इक्विटी निर्माण गरेको दाबी गरे । यो साझेदारीमार्फत नेपाली उपभोक्ताहरूलाई सस्तो मूल्यमा उत्कृष्ट गुणस्तरको उत्पादन उपलब्ध गराउने लक्ष्य राखेको उनकाे भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्पदंशबाट कैलालीमा २९ वर्षीय युवकको मृत्यु
-
अविरल वर्षापछि लालबकैया नदीमा बाढीको जोखिम
-
खुकुरीसहित आक्रमणको प्रयास गर्ने ४ युवक पक्राउ
-
साउनभित्र उपत्यकामा डिडिसीका ३० ‘आउटलेट’ सञ्चालमा आउँदै
-
१२ बजे १२ समाचार: प्रचण्डबाट आङ्बोलाई फेरि धोखा, फैसला कार्यन्वयमा श्रम मन्त्रालयको आनाकानी
-
डा. केसी र सरकारी टोलीबिचको वार्ता निष्कर्षविहीन, भोलि पुनः वार्ता हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण