सन्नीको खुलासा – मलाई हरेक दिन ज्यान मार्ने धम्की आउँछ
मुम्बई । फिल्म ‘पद्मावती’को विषयलाई लिएर राजपुत करणी सेनाले निर्देशक संजय लिला भंसालीको टाउको काट्ने र अभिनेत्री दीपिका पादुकोणको नाक काट्नेसम्मको धम्की दिएका छन् ।
धम्कीपछि यो मुद्दामा अभिनेत्री सन्नी लियोनीले पनि निर्माण युनिट र कलाकारको समर्थन गरेकी छिन् । सन्नीले आफूलाई पनि दिनहुँ ज्यान मार्ने सम्मको धम्की आउने गरेको बताएकी छिन् ।
‘दीपिका र भंसालीलाई दिइने गरिएको धक्कीको बिषयलाई तपाईले कसरी लिनु भएको छ ?,’ हालै सन्नीलाई प्रश्न राखिएको थियो । जवाफमा उनले आफूलाई समेत दैनिक मार्ने धक्की आउने गरेको खुलासा गरेकी छन् । ‘मैले आफ्नो इन बक्सको केही दिनयताको म्यासेज तपाइलाई देखाए भने हैरान हुनु हुनेछ,’ उनले भनिन् ‘हरेक दिन मलाई ज्यान मार्ने धम्की आउँने गरेको छ ।’
विगत ६ बर्षेदेखि आफूलाई बिभिन्न धम्की आउने गरेको बताएकी सन्नीले यस्ता धम्कीले आफुलाई केही फरक नपर्ने समेत बताएकी छन् ।
‘त्यसरी आउने धम्कीलाई के गर्ने त ?,’ उनलाई प्रश्न राखिएको थियो । ‘धम्कीको प्रचार गरेर गुन्डालाई हाइलाइट गर्न हुँदैन । धेरै आएमा पुलिसलाई खबर गर्नुपर्छ,’ सन्नी भन्छिन्, ‘जसले धम्की दिन्छ, उनले नोक्सान पुर्याउँदैन ।’
सन्नीले चलचित्र ‘पद्मावती’ रिलिज गर्ने विषयमा बिषयमा सेन्सर बोर्ड जिम्बेवारी लिनुपर्ने जोड दिएकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्पेनको शानदार जित, फाइनल पुग्न सकेन फ्रान्स
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण