‘आइएमई पे’ बाट काट्दा यती एयरलाइन्सको टिकट निःशुल्क
बुधबार, १८ फागुन २०७८, १८ : १७

‘आइएमई पे’ले यती एयरलाइन्ससँगको समन्वयमा नयाँ अफर ल्याएको छ । आइएमई पे एपका प्रयोगकर्ताले फागुन १२ देखि २ महिनासम्म एयरलाइन्सको टिकट आइएमई पे एपमार्फत खरिद गर्दा लक्की ड्रबाट नेपालका विभिन्न गन्तव्यहरूका लागि निःशुल्क उडान टिकट पाउनेछन् ।
निःशुल्क टिकट पाउने गन्तव्यमा रारा, लुक्ला, मुक्तिनाथ, शे फोक्सुन्डो जस्ता धार्मिक वा पर्यटकीय दृष्टिले महत्वपूर्ण स्थानहरू रहेका छन् । आइएमई पे मोबाइल वालेट एप प्रयोग गरी यती एयरलाइन्सको हवाई टिकट काट्ने यात्रुहरुले मात्र सो अफरमा सहभागि हुन पाउछन् ।
अफर अवधि भर ४ जना भाग्यशाली विजेताहरू छानिन्छन् । जसमध्ये हरेक विजेताले २ जनाको लागि प्रस्थान र आगमनको टिकट जित्नेछन् । भाग्यशाली विजेताहरूले उल्लेखित गन्तव्य मध्ये एउटा रोज्न पाउनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिपी राजमार्गमा राति यातायात सञ्चालन रोक
-
टि ट्वान्टी आई सिरिज : नेपालले गुमायो चार विकेट
-
१० बजे १० समाचार : कात्तिकमा उपनिर्वाचनको प्रस्ताव, रास्वपामा मुकुल नै महामन्त्री !
-
मनसुनी जोखिमको विश्लेषण गरी सुरक्षित यातायात सञ्चालनको व्यवस्था मिलाउन निर्देशन
-
जन्मदिनमा गायिका एलिना चौहान : बाँदरलाई केरादेखि मेहनतीलाई हजारका नोटसम्म
-
नेपालको खराब सुरुवात