सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

'देउवाले केपीलाई प्रधानमन्त्री बनाएर भएपनि एमसीसी पास गर्न खोजे'

शुक्रबार, २० फागुन २०७८, १५ : ४१
शुक्रबार, २० फागुन २०७८

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाएरै भएपनि एमसीसी पास गर्न खोजेपछि गठबन्धनभित्र छलफल गरेर व्याख्यात्मक घोषणामा सहमति जुटाइएको बताएका छन् । 

माओवादी परिमार्जन बिना एमसीसी पास गर्ने पक्षमा नभएपनि गठबन्धनलाई जोगाउनका लागि व्याख्यात्मक घोषणामा सहमति भएको उनको भनाइ छ । एमालेको चाहना गठबन्धन भत्काउने रहेकाले एमसीसीमा उसले सुनौलो अवसर खोजेपनि त्यो सफल हुन नसकेको प्रचण्डको भनाइ थियो । 

प्रचण्डले शुक्रबारको केन्द्रीय समिति बैठकमा प्रचण्डले एमालेको योजनाअनुसार प्रधानमन्त्री ढल्किँदा गठबन्धनमा खटपट भएपनि व्याख्यात्मक घोषणासहितको एमसीसी पास भएपछि गठबन्धन जोगिएको बताएको एक केन्द्रीय सदस्यले बताए । 

व्याख्यात्मक घोषणासहितको एमसीसी अमेरिकाले स्वीकार गरेको दाबी गर्दै प्रचण्डले बीचमा कुनै समस्या आए त्यसलाई तोड्न सकिने अवस्था रहेको पनि बैठकमा बताएका थिए । 

‘हामीले एमसीसी परिमार्जन, सशोधन र राष्ट्रिय सहमति बनाएर अघि बढाउनुपर्छ भनेका थियौँ ।  हामीले रिजेक्टमा त हामीले भनेका छैनौँ । यद्यपि अध्ययन गर्दै जाँदा कतिपय साथीहरुलाई स्वीकार गर्न नहुने लागेको छ’, प्रचण्डले भने, ‘नेपालको संविधान र कानुनको व्यवस्थालाई कमजोर पार्ने गरी भएका प्रावधानलाई स्वीकार्न सकिँदैन । नेपालको सार्वभौतिकतालाई कमजोर पार्ने कुनै पनि व्यस्था र प्रावधान स्वीकार्न सकिँदैन । प्राकृतिक स्रोत साधान नेपालको बाहेक अरुको हुनसक्दैन । लेखापरीक्षणलगायतका विषयहरु नेपालले नै गर्न पाउनुपर्छ ।’

प्रचण्डले बैठकमा व्याख्यात्मक घोषणासहितको एमसीसी नै लागू हुने भएकाले सबै ढुक्क हुनुपर्ने बताएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप