ईलेक्ट्रीक गाडी ‘भिडा’ बजारमा आउदै
हिरो मोटोकर्पले विद्युतीय सवारी साधन भिडा अनावरण गरेको छ । दुबईको एक्सक्लुसिभ क्लेरेन्स आइल्याण्डमा आयोजित कार्यक्रममा हिरोद्वारा पावर्ड भिडालाई प्रस्तुत गरिएको हो । हिरोद्वारा पावर्ड भिडाको नयाँ ब्रान्डको लोगो र ‘सनराइज’ भिजुअल पहिचान अनावरण गर्र्दै डा. पवन मुञ्जालले भने, ‘भिडाको अर्थ जीवन हो, र ब्राण्डको एकमात्र उद्देश्य संसारमा सकारात्मक प्रभाव पार्नु र हामी सबैलाई अर्थपूर्ण दिशामा अगाडि बढाउनु हो ।
हामीलाई विश्वास छ कि हामीले हाम्रा सन्तती र अगामी पुस्ताको लागि जे निर्माण गरिरहेका छौं । साथै, त्यसका लागि यो नाम ज्यादै उपयुक्त छ । यो विशेष कुराको सुरुवात हो । संसारलाई अझ राम्रो स्थान बनाउनको लागि आजबाट मात्र १७ हप्तामा हामी हाम्रो भिडा प्लेटफर्म, उत्पादन र सेवाहरू अनावरण गर्नेछौं । त्यस्तै, यसको उत्पादन भारतको चित्तुरमा रहेको हिरो मोटोकर्पको ‘ग्रीन’ उत्पादन केन्द्रमा हुन्छ । सन् २०२२ को अन्तिम तिर ग्राहकहरूलाई बेच्न वा प्रदान गने कम्पनीले जनाएको छ । हिरो मोटोकर्पका अध्यक्ष र सीईओ डा. पवन मुञ्जालले १०० मिलियन अमेरिकी डलरको ‘ग्लोबल सस्टेनेबिलिटी फण्ड’को घोषणा गरेका छन् । कोषले हिरो मोटोकर्पको नेतृत्वमा पृथ्वीमा सकारात्मक प्रभाव उद्देश्यले विश्वव्यापी साझेदारी स्थापना गर्ने लक्ष्य राखेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्पदंशबाट कैलालीमा २९ वर्षीय युवकको मृत्यु
-
अविरल वर्षापछि लालबकैया नदीमा बाढीको जोखिम
-
खुकुरीसहित आक्रमणको प्रयास गर्ने ४ युवक पक्राउ
-
साउनभित्र उपत्यकामा डिडिसीका ३० ‘आउटलेट’ सञ्चालमा आउँदै
-
१२ बजे १२ समाचार: प्रचण्डबाट आङ्बोलाई फेरि धोखा, फैसला कार्यन्वयमा श्रम मन्त्रालयको आनाकानी
-
डा. केसी र सरकारी टोलीबिचको वार्ता निष्कर्षविहीन, भोलि पुनः वार्ता हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण