मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

सार्वजनिक यातायातको भाडादर आफै बढाउने यातायात व्यवसायी महासंघको चेतावनी

आइतबार, २२ फागुन २०७८, १९ : २८
आइतबार, २२ फागुन २०७८

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सार्वजनिक यातायातको भाडा आफैंले बढाउने चेतावनी दिएको छ ।  महासंघका महासचिव सरोज सिटौलाले पेट्रोलियम पदार्थको मूल्य वृद्धि पटकपटक हुँदा पनि सरकारले सार्वजनिक यातायातको भाडा नबढाएको भन्दै व्यवसायी आफैले बढाउने चेतावनी दिएका हुन् ।

सरकारले पछिल्लो समय लगातार पेट्रोलियम पदार्थको मूल्य बढेसँगै यातायात व्यवसायीले सार्वजनिक सवारीको भाडादर समायोजन गर्न सरकारलाई दवाव दिँदै आएको छ । आइतबार न्युज एजेन्सी नेपालसँग कुरा गर्दै महासंघका महासचिव सिटौलाले सरकारले पेट्रोलियम पदार्थको मूल्य वृद्धि भए अनुसार सार्वजनिक यातायातको भाडा समायोजन नगरे व्यवसायी आफैले भाडा समायोजन गर्ने बताए । उनले महासंघको बैठक बसेर यही फागुन २५ गतेसम्म सरकारले नयाँ भाडा समायोजन नगरे व्यवसायी आफैले भाडा बढाउने निर्णय गरी सकेको जानकारी दिए ।

उनले २५ गते भित्र सार्वजनिक यातायातको वैज्ञानिक भाडादर समायोजन नगरे सवारी साधन चल्न नसक्ने बताए । सार्वजनिक सवारी साधन तल्लो वर्गका जनताले उपयोग गर्ने भन्दै सिटौलाले १० अर्ब लगानी भएको क्षेत्र सरकारले समाप्त पार्न खोजेको बताए । पेट्रोलियम पदार्थको मूल्य वृद्धिको कारण व्यवसायीहरुले सवारीसाधन ग्यारेजमा थन्काएर राख्न थालेको सिटौलाले बताए ।

पछिल्लो समय डिजल–पेट्रोलको मूल्य वृद्धि भएर नयाँ रेकर्ड कायम गर्ने थालेपछि यातायात व्यवसायीले मूल्यवृद्धि फिर्ता लिन वा भाडा समायोजन गर्न माग गर्दै आएका छन । सरकारले गत बिहीबार राति मात्रै पेट्रोल र डिजलमा ५–५ रुपैयाँ प्रतिलिटरमा दरले मूल्य बढाएको थियो । अहिले पेट्रोलको मूल्य प्रतिलिटर १५० रुपैयाँ र डिजेल प्रतिलिटर १३३ रुपैयाँ पुगेको छ ।

 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप