डाबर नेपालको ‘डाबरवाटिका नेचुरल स्याम्पू’ सार्वजनिक
डाबर नेपालले ‘डाबरवाटिका नेचुरल स्याम्पू’को नयाँ रेन्ज सार्वजनिक गरेको छ । यो ब्राण्ड अनावरण डाबर बाटिका नेचुरल स्याम्पूकी ब्राण्ड एम्बेस्डर स्वस्तिमा खड्का, डाबर नेपालका व्यापार प्रमुख एचएस बेदी, मार्केटिङ प्रमुख अभय र्गोखाली र ब्रान्ड प्रबन्धक सलीना शर्माले गरेका हुन् ।
नेपाली स्याम्पू बजारमा आफ्नो उपस्थिति जनाउँदै नेपाली उपभोक्ताहरूलाई उच्च गुणस्तरीय वाटका स्याम्पूू उपलब्ध गराएको डाबर नेपालले दाबी गरेको छ । कालो र चम्किलो कपालको लागि ‘ब्ल्याक साइन’, बाक्लो र लामो कपालका लागि ‘थिक एण्ड लङ’ र चायाँमुक्त कपालका लागि ‘एन्टी डेन्ड्रफ स्याम्पू’ गरी तीन भेरियन्ट सार्वजनिक गरिएको कम्पनीले जानकारी दिएको छ ।
हरेक भेरियन्टमा १० वटा खास चुनिएको प्राकृतिक तत्वहरू भरिपूर्ण रहेकाले कपालको विशेष समस्याहरूको समाधान गर्ने र कपाललाई नरम बनाउनुका साथै क्लिङसिङ्गर कन्डिसियनिङ दिने पनि डाबरको दाबी छ । डाबर नेपालको व्यापार प्रमुख एचएस मोदीले डाबरवाटिका स्याम्पूको लञ्च उपभोक्ताको केश सुरक्षामा राम्रो समाधान दिँदै आएको प्रतिवद्धताको नतिजा भएको बताए । आफूहरूको उत्पादन कपालको दैनिक हेरचाहका लागि आवश्यक १० प्राकृतिक पोषणले भरिपूर्ण भएको पनि उनले उल्लेख गरे । मार्केटिङ प्रमुख अभय गोर्खालीले डाबरवाटिका स्याम्पू उपभोक्तालाई सधैँ केही नयाँ र रोमाञ्चक उत्पादन दिने कम्पनीको निरन्तर प्रयासको नतिजा भएको बताए ।
डाबरका अनुसार यो स्याम्पू १७० एमएल, ३३० एमएल र ६५० एमएलको बोतलमा उपलब्ध छ । ७ एमएल र ३.५ एमएलको स्यासेमा पनि उपलब्ध गराइएको र ३३० एमएलको बोतलमा पम्पको सुविधा पनि राखिएको कम्पनीले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्पदंशबाट कैलालीमा २९ वर्षीय युवकको मृत्यु
-
अविरल वर्षापछि लालबकैया नदीमा बाढीको जोखिम
-
खुकुरीसहित आक्रमणको प्रयास गर्ने ४ युवक पक्राउ
-
साउनभित्र उपत्यकामा डिडिसीका ३० ‘आउटलेट’ सञ्चालमा आउँदै
-
१२ बजे १२ समाचार: प्रचण्डबाट आङ्बोलाई फेरि धोखा, फैसला कार्यन्वयमा श्रम मन्त्रालयको आनाकानी
-
डा. केसी र सरकारी टोलीबिचको वार्ता निष्कर्षविहीन, भोलि पुनः वार्ता हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण