‘मंगलम वायरसेफ’ नेपाली बजारमा
मंगलम इण्डस्ट्रिज प्रालिले सातौँ नेपाल बिल्डकन एक्स्पोमा ‘मंगलम वायरसेफ’ सार्वजनिक गरेको छ । शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले वायरसेफको अनावरण गरेकी सो कम्पनीले जानकारी दिएको छ । वायरसेफ एफआरएलएस विद्युतीय कन्ड्युट पाइप घर धनीहरूका लागि सुरक्षित वातावरण प्रदान गर्ने उद्देश्यका साथ निर्माण गरिएको कम्पनीले दाबी गरेको छ ।
एउटा सामान्य घर बनाउँदा प्रायः खानेपानी र ड्रेनेजको लागि छुट्टा–छुट्टै किसिमको पाइपहरू प्रयोग गरिए पनि चेतनाको कमी र उत्पादनको अनुपलब्धताले गर्दा वायरिङको लागि भने कालो एचडीपीइ पाइप नै अझै पनि प्रयोग गरिन्छ । तर, यो पाइप वायरिङको लागि बनेको हुँदैन र यसले विद्युतीय जोखिमहरूबाट बचाउँदैन ।
मंगलम इन्डस्ट्रिजका प्रबन्ध निर्देशक अभिनव चुरिवालले नयाँ उत्पादन मंगलम वायरसेफ अहिलेको आवश्यकता भएको र राम्रो र बलियो बनाउन सही निर्माण सामग्रीको साथ–साथै सही पाइपिङ र प्लम्बिङको छनोट पनि उत्तिकै महत्वपूर्ण रहेको बताए ।
मंगलमका सबै उत्पादनहरू उच्च गुणस्तरीय जापानी कच्चा पदार्थ र अत्याधुनिक जर्मन प्रविधि प्रयोग गरेर नेपालमै बनाइएको उत्पादक कम्पनीले उल्लेख गरेको छ । नेपालमै सबैभन्दा ठूलो प्रयोगशाला भएको मंगलम् इन्डस्ट्रिजले निर्माण कार्यका लागि आवश्यक सबै पाइप तथा फिटिङ्स उत्पादन गर्दै आएको छ । जापानी कच्चापदार्थबाट बनाइने मंगलमका उत्पादनहरू आइएसओ४९८५ प्रमाणित छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्पदंशबाट कैलालीमा २९ वर्षीय युवकको मृत्यु
-
अविरल वर्षापछि लालबकैया नदीमा बाढीको जोखिम
-
खुकुरीसहित आक्रमणको प्रयास गर्ने ४ युवक पक्राउ
-
साउनभित्र उपत्यकामा डिडिसीका ३० ‘आउटलेट’ सञ्चालमा आउँदै
-
१२ बजे १२ समाचार: प्रचण्डबाट आङ्बोलाई फेरि धोखा, फैसला कार्यन्वयमा श्रम मन्त्रालयको आनाकानी
-
डा. केसी र सरकारी टोलीबिचको वार्ता निष्कर्षविहीन, भोलि पुनः वार्ता हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण