बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

अविवाहित रहेको प्रमाणित गर्न ७ वर्षदेखि कानूनी लडाईंमा यी नायिका

बुधबार, ०६ मङ्सिर २०७४, १६ : २१
बुधबार, ०६ मङ्सिर २०७४

हिना सइद

लाहोर । पाकिस्तानी नायिका मिरा पछिल्ला ७ वर्षदेखि अदालतमा आफू अविवाहित रहेको प्रमाणि गर्न कानूनी लडाईं लडिरहेकी छिन् ।

मिराको वास्तविक नाम इर्तिजा रुबाब हो । उनले विभिन्न सफल चलचित्रहरुमा काम गर्नुका साथै पाकिस्तानमा विभिन्न अवार्डहरु पनि जितेकी छिन् ।

अहिले उनी आफ्नो कानूनी लडाईका लागि चर्चाका छिन् । एक व्यक्तिले आफू मिराको पति भएको दाबी गरेपछि उनले अदालतको चक्कर काट्न परिरहेको छ ।

को हुन् मिरा ?
पाकिस्तानको चलचित्र उद्योग ललिवुडकी चर्चित नायिका मध्ये एक हुन्, मिरा । स्थानीय चलचित्रको साथै ४० वर्षीया नायिकाले बलिउडका चलचित्रहरुमा पनि काम गरेकी छिन ।

पछिल्लो समय उनले राजनीतिमा आउने समेत इच्छा व्यक्ति गरेकी थिइन् ।

सामाजिक सञ्जालमा उनले पोष्ट गर्ने भिडियो र प्रस्तुतिको लागि पनि चर्चित रहेकी छिन् ।

धेरैले उनको अंग्रेजी बोल्ने तरिकाको खिल्ली उडाउने गरेका छन् । हालै मात्र उनले टाइटानिक चलचित्रको गीत ‘माई हार्ट विल गो अन’ गाएको भिडियो पाकिस्तनमा भाइरल बनेको थियो ।

किन विवाद ?
सन् २००९ मा फैसलावादका एक व्यवसायी अतिक–उर–रहमानले मिरा र आफूले सन् २००७ मा गोप्यरुपमा विवाह गरेको दाबी गरेका थिए ।

उनले मिराले आफूलाई सार्वजनिक रुपमा स्वीकार नगरेको र अहिले पनि फ्यान अविवाहित रहेको भन्दै हिँडेकोमा असन्तुष्टि व्यक्त गरेका थिए ।

उनले प्रमाणका लागि दुई जनाको विवाह दर्ताको कागजात पनि प्रस्तुत गरेका थिए । त्यस्तै मिराविरुद्ध उनले विभिन्न मुद्दा पनि दायर गरेका थिए ।

रहमानले मिराको स्वास्थ्य परिक्षण गर्नुपर्ने र आफूसम्बन्ध विच्छेद नगरी कसैसँग विवाह गर्न नपाउनुपर्ने माग गरेका थिए । 

मिराका वकिल बलाख शेर खोसाका अनुसार रहमानले मिराको कौमार्य परिक्षण गर्नुपर्ने माग गरेका छन् । मिरा कुमारी नरहेको र उनले आफू अविवाहित रहेको भनदै झुटो बोलिरहेको दाबी गरेका छन् ।

तर, लाहोरको उच्च अदालतले भने कौमार्य परिक्षणको मागलाई खारेज गरेको थियो । यसमा फैसला दिए यसले भविष्याम बलात्कारजस्ता मुद्दामा जटिलता पैदा गर्ने अदालतको भनाई छ ।

यता, मिराले भने रहमानको दाबीलाई झुठो बताएकी छिन् । विवाह दर्ता झुठो भएको भन्दै उनले सन् २०१० मा उल्टछै रहमानविरुद्ध मुद्दा दर्ता गरेकी थिइन् ।

कसको विश्वास गर्ने ?
यो मुद्दा पाकिस्तानमा हेडलाइन नै बनेको थियो । र, सर्वसाधारण विभाजित बनेका थिए । 

रहमानलाई ‘चर्चाको भोको’ भन्दै मिराले उनलाई एक साथीबाट भेटेको र केही कन्सर्ट र टुरमा काम गरेको बताएकी छिन् । उनले आफूले कहिले पनि यस्तो लो प्रोफाइल विवाह नगर्ने पनि बताइन् । 

यता, रहमानका वकिलले भने उनले मिरासँग आफ्नो आमा र मामाको अगाडि विवाह गरेको बताउँदै मिराले यो विषयलाई स्वीकार गर्नुपर्ने बताइन् ।
पाकिस्तानमा यसरी आफूलाई विवाहित वा अविवाहित प्रमाणित सयौँ मुद्दा दर्ता भएका छन् । तर यो मुद्दामा सेलिब्रिटी जोडिएको यो पहिलो अवसर हो ।

पछिल्ला सात वर्षदेखि यो मुद्दा चल्नुले पाकिस्तानको अदालतको सुस्तोपनालाई उजागर गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप