बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

स्टन्ट गर्दा कंगना भइन् घाइते, अहिले यस्तो छ हालत

बुधबार, ०६ मङ्सिर २०७४, १६ : ४७
बुधबार, ०६ मङ्सिर २०७४

जोधपुर । मेदरानगढ गढीमा आफ्ना अगामी चलचित्र मणिकर्णिकाको शुटिङको दौरान स्टन्ट गर्दा मंगलबार राती वलिउड नायिका कंगना रनौट घाइते भएकी छिन् । 

जोधपुरमा रहेको निजी अस्पतालमा उपचार गरेर उनी बुधबार दिउँसो मुम्बई आइपुगेकी छिन् । डाक्टरहरुले उनलाई एक हप्ता आराम गर्न सल्लाह दिएका छन् ।

जोधपुरको गोयल अस्प्तालका डा..नरेन्द्र यादवका अनुसार कंगनाको खुट्टामा चोट आएको छ । एक्सरेमा फ्रयाक्चर नभएपनि खुट्टामा प्लास्टर लगाइएको छ ।

कंगनालाई राती १२ बजेतिर अस्पताल लगिएको छ । करिब डेढ घण्टा अस्पतालमा बिताएपछि उनलाई डिस्चार्ज गरिएको थियो ।

कंगनाले बताइन् घाइते हुनुको कारण
मुम्बई जानका लागि व्हील चेयरमा विमानस्थल पुगेकी कंगनाले दुर्घटनाको कारण सुनाउँदै भनिन्, ‘एउटा भित्ताबाट उफ्रेर घोडामा बस्न खोज्दा लडेर घाइते भएकी हुँ ।’

झाँसीको रानीको जीवनीमा आधारित चलचित्र मणिकर्णिकामा मुख्य भूमिकामा रहेकी कंगना पछिल्लो समय सुटिङमा जोधपुरमा रहेकी छिन् ।

जोधपुरमा रहेको मेहरानगढ गढीमा राती करिब साढे ११ बजे स्टन्टको गर्दा उनलाई चोट लागेको बताइएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप