पल प्रकरणमा दुर्गेश थापाले दिए यस्तो बयान
अभिनेता पल शाह एक किशोरी बलात्कार प्रकरणमा मुछिएको विषयमा गायक दुर्गेश थापाले पनि बयान दिएका छन् । दुर्गेस नामले चिनिने दुर्गाबहादुर थापाले दिएको बयानमा शाहले किशोरीमाथि बलात्कार गरेको सुन्नमा आएकाले पीडितलाई न्यायको लागि अघि बढ्न सुझाव दिएको बयान दिएका छन् ।
जिल्ला सरकारी वकिलको कार्यालयले जिल्ला अदालत तनहुँमा दायर गरेको अभियोगमा पत्रअनुसार दुर्गेशले काठमाडौंको अनामनगरमा आफूहरु भेला भएर पीडितलाई कानुनी प्रक्रियामा अघि बढ्न सुझाव दिएको बयान दिएका हुन् ।
‘मिति २०७८।०१।१४ गते राति प्रदिप थापाको घर बास बसेको अवस्थामा प्रतिवादी पल शाह भन्ने पूर्णबिक्रम शाहले पीडित नाबालिकालाई विवाह गर्ने आश्वासन देखाई जबर्जस्ती करणी गरेको भन्ने कुरा थाहा हुन आएकोले मिति २०७८।०३।२३ गते काठमाडौं अनामनगरमा हामी भेला जम्मा भई पीडितलाई न्यायको अगाडि बढ्न सुझाव दिएका हौँ’, बयानमा भनिएको छ ।
उनले पीडित किशोरी र पलसँग एकै समूहमा काम गर्दै आएको उल्लेख गर्दै बाग्लुङको गल्कोटस्थित बिद्यालयको सांस्कृति कार्यक्रममा पनि सँगै सहभागी भएको बताएका छन् । त्यहाँ २०७७ चैत १३ गते जाँदा पीडित नाबालिका, प्रतिवादी, अन्य साथीहरू कृष्ण जोशी, सम्राट चौलागाई र योगेश काजीसँगै भएको उनको बयानमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
-
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस
-
हस्तकला महासंघलाई प्रधानमन्त्रीको आश्वासन : तुरुन्तै सकारात्मक निर्णय गर्छौँ
-
विजय थलपतिको ‘जन नायकन’ले अग्रिम टिकट बुकिङबाट कमायो २० करोड भारु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
