मर्सिडिज निर्मित २६०० सीसी इन्जिन जडित ‘गुर्खा’ नेपाली बजारमा
फोर्स मोटर्सको नयाँ उत्पादन गुर्खाको शुक्रबारदेखि औपचारिक रुपमा बिक्री वितरण शुरु भएको छ । आधिकारिक बिक्रेता फोर्स मोटर्स नेपालले शुक्रबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै गुर्खाको औपचारिक बिक्री वितरणको घोषणा गरेको हो ।
गाडी सार्वजनिक गर्दै कम्पनीले ‘ग्राउण्ड–अप मोडुलर आर्टिटेक्चर प्लेटफर्म’ मा निर्मित गुर्खा आकृतिले अघिल्लो पुस्ताको प्रसिद्ध जी–वागनलाई प्रतिविम्बित गर्ने कम्पनीको भनाइ छ। लामो र चौडा बनावट भएको गुर्खाको क्याबिन फराकिलो र आरामदायी छ। यसमा चारैजना यात्रुको लागि क्याप्टेन सिट लगायत सर्वोत्कृष्ट लेगरुम, हेडरुम, एल्बोरुम एवं ५०० लिटरको बुट स्पेसको व्यवस्था छ।
मर्सिडिज निर्मित २६०० सिसी इन्जिन जडित गुर्खा आफ्नो श्रेणीमा (सेग्मेंट) एकमात्र यस्तो गाडी हो, जुन विना कुनै समस्या तीन अंकको गतिमा हाइवेमा दौडिन, ३५ डिग्रीको उकालो चढ्न र ७०० मिलिमिटर गहिरो पानीलाई छिचोल्न सक्ने कम्पनीको दाबी छ ।
त्यस्तै यसमा रहेको एअर इन्टेक स्नोर्कल र चारैवटा पाङ्ग्रामा भएको लक पनि अन्य भन्दा विशेष प्रकारको रहेको समेत कम्पनीले बताएको छ। पाँचवटा विभिन्न आकर्षक रंगहरुमा उपलब्ध गुर्खाको खरिदमा उपभोक्ताले ३ लाख किमि वा ३ वर्षको वारेन्टी पाउनुका साथै ग्राहकहरुले चार पटक सम्म निः शुल्क सर्भिसिङ सेवा समेत प्राप्त गर्ने कम्पनीले बताएको छ ।
शक्ति, क्षमता एवम् स्टाइलमा सर्वोत्कृष्ट फोर्स गुर्खा नेपालका बाटोहरुलाई अन्त्यन्त उपयुक्त रहेको आयाम इन्टरकन्टिनेन्टल प्रालिका अध्यक्ष ध्रुव थापाको भनाइ छ । आयाम फोर्स मोटर्सको लागि नेपालको आधिकारिक विक्रेता हो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्पदंशबाट कैलालीमा २९ वर्षीय युवकको मृत्यु
-
अविरल वर्षापछि लालबकैया नदीमा बाढीको जोखिम
-
खुकुरीसहित आक्रमणको प्रयास गर्ने ४ युवक पक्राउ
-
साउनभित्र उपत्यकामा डिडिसीका ३० ‘आउटलेट’ सञ्चालमा आउँदै
-
१२ बजे १२ समाचार: प्रचण्डबाट आङ्बोलाई फेरि धोखा, फैसला कार्यन्वयमा श्रम मन्त्रालयको आनाकानी
-
डा. केसी र सरकारी टोलीबिचको वार्ता निष्कर्षविहीन, भोलि पुनः वार्ता हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण