प्रियंकापछि एमीको हलिउड फड्को
मुम्बई – प्रियंका चोपडा पछि अभिनेत्री एमी ज्याक्सन पनि हलिउड अभिनयमा डेब्यु गर्दैछिन् । उनले पनि प्रियंकाझै अमेरिकन टिभी शो मार्फत हलिउड डेब्यु गर्न लागेकी हुन् ।
हलिउडको चर्चित टिभी सो ‘सुपर गर्ल’को तेस्रो सिजमा उनी देखिन लागेको फोर्स म्यागजिनले उल्लेख गरेको । यो सोमा उनले इमरा आर्दीकाको भूमिका निर्बाह गर्दैछिन् । जसको पुष्टी उनले एक ट्वीट मार्फत समेत गरेकी छन् ।
एमी ब्रिटेनी मोडल पनि हुन् । २००९ मा उनको ब्रिटेनमा निकै चर्चा थियो । मोडलिङ एजेन्सी मार्फत नै बलिउड निर्माताले उनलाई भारत निम्त्याएका थिए ।
२०१२ मा उनले पहिलो भारतीय चलचित्र ‘दिवाना’ अभिनय गरिन् । तर यो चलचित्रले बक्स अफिसमा धमाल मच्चाउन सकेन । उनी चलचित्रमा प्रतीक बब्बरको अपोजिट भुमिकामा थिइन् । त्यसपछि केही चलचित्र अभिनय गरेकी एमीको २०१५मा सार्वजनिक चलचित्र ‘सिंह इज ब्लिङ’ हिट भयो । यस चलचित्रमा उनी अभिनेता अक्षय कुमारकी हिरोइन बनेकी थिइन् ।
उनको आउँदो चलचित्र २.० हो । यो चलचित्रमा उनी सुपरस्टार रजनीकान्तका साथ देखिदै छिन् । यस चलचित्रलाई बलिउडकै महँगो चलचित्र भनेर समेत प्रचार गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्पेनको शानदार जित, फाइनल पुग्न सकेन फ्रान्स
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण